News Portal

रेडियो सुन्नुहोस्

तिजखर्च र जन्मदिनको खर्च कटाएर विरामिको उपचारमा सहयोग

सुजाता थापा क्षेत्री३२ श्रावण, प्यूठान
१२९० पटक
३२ श्रावण, प्यूठान

सुर्योदय लघुवित्त बित्तिय संस्था शाखा कार्यालय खनदह अर्घाखाँचीको शाखा प्रमुख सुशिला केसीले तिज खर्च कटाएर शंकर परियारको उपचारमा सहयोग गर्नुभएको छ।

प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको उपचारको निम्ती उहाँले तिजखर्च कटाएर सहयोग गर्नुभएको हो। “कोरोना भाइरसको उच्च जोखिममा यसपालिको तिज मनाइदैन”  शाखा प्रमुख के.सीले भन्नुभयो–“म तिज खर्च कटाएर त्यो भाईलाई पाँच हजार रुपैयाँ सहयोग गर्छु।” झिमरुक गाउँपालिका वडा नं ६ तोरबाङ प्यूठान निवासी के.सीले हरितालिका तिजमा रमाइलो गर्नका लागि खर्च हुने रकम उपचार दिनुभएको हो।

त्यस्तै, मल्लरानी गाउँपालिका वडा नं. ३ मुन्डाँडा प्यूठान निवासी पदम परियारको जन्म दिन श्रावण २६ गते। हाल रोजगारको शिलशिलामा साउदी बस्दै आएका परियारले शंकरको बिषयमा समाचार पढेपछि जन्मदिन मनाउन खर्च हुने रकमबाट रु तिन हजार सहयोग गर्नुभएको छ। केक काट्ने मन थियो परियारले भन्नुभयो –“ शंकरको बिचल्लीको समाचार पढे, गरिबीको पिडाले मन दुख्यो उनलाई बचाउन सहयोग र्गछु।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...