News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा निषेधाज्ञा परिमार्जन: यातायात जोरविजोर, वजार खुला रहने

सिखबर संवाददाता२५ भदौ, प्यूठान
१११९ पटक
२५ भदौ, प्यूठान

प्युठानमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञामा परिमार्जन गरिएको छ ।

आज दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षिय उपस्थिती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सवारीसाधन जोरविजोर नम्वरका आधारमा चलाउने निर्णय गरेको छ । सवारीसाधन चलाउदा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पुरा हुनुपर्नेछ । सिटमा आधा यात्रु राखी ५० प्रतिशत भाडा थप लिएर यातायात सञ्चालनमा आउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

साथै बजार पूर्ण रुपमा खुल्ला हुने भएको छ । स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्नेछ। विकास निर्माणका काममा सहजीकरण गरिने र सामुहिक रुपमा कुनै पनि कार्यक्रम गर्न नपाईने उहाँले बताउनुभयो । होटल खुल्ला रहेपनी प्याकेट बेच्न पाउने तर ग्राहक राखेर खुवाउन नपाईने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...