News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा निषेधाज्ञा परिमार्जन: यातायात जोरविजोर, वजार खुला रहने

सिखबर संवाददाता२५ भदौ, प्यूठान
१५४१ पटक
२५ भदौ, प्यूठान

प्युठानमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञामा परिमार्जन गरिएको छ ।

आज दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षिय उपस्थिती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सवारीसाधन जोरविजोर नम्वरका आधारमा चलाउने निर्णय गरेको छ । सवारीसाधन चलाउदा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पुरा हुनुपर्नेछ । सिटमा आधा यात्रु राखी ५० प्रतिशत भाडा थप लिएर यातायात सञ्चालनमा आउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

साथै बजार पूर्ण रुपमा खुल्ला हुने भएको छ । स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्नेछ। विकास निर्माणका काममा सहजीकरण गरिने र सामुहिक रुपमा कुनै पनि कार्यक्रम गर्न नपाईने उहाँले बताउनुभयो । होटल खुल्ला रहेपनी प्याकेट बेच्न पाउने तर ग्राहक राखेर खुवाउन नपाईने निर्णय भएको उहाँले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...