News Portal

रेडियो सुन्नुहोस्

व्यवसायिक शिक्षामा जोड दिनुपर्छ: विष्ट

शागर रिजालप्यूठान, ३ वैशाख
१९४५ पटक
प्यूठान, ३ वैशाख

नव वर्ष २०७५ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विजय विराज विष्टले व्यवसायीक शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ ।

सोमबार स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा अनेरास्ववियु क्याम्पस कमिटिले आयोजना गरेको कार्यक्रमा शुभकामना मन्तव्य राख्दै विष्टले कापी कलम बोकेर विद्यालय जाँदैमा उचित शिक्षा प्राप्ती नहुने हुंदा समय परिवर्तनसंगै प्रत्येक विद्यार्थीहरुलाई व्यवसायीक शिक्षातर्फ लौजानु पर्ने बताउनुभयो । विष्टले भन्नुभयो–‘ हरेक क्षेत्रको गुणस्तरीय विकास संगसगैं शिक्षामा पनि सुधार ल्याउने जिम्मेवारी जनप्रतिनिधको काँधमा छ ।’

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयूले शिक्षामा सुधार ल्याउन र गुणस्तरििय शिक्षा प्रदान गर्न धेरै कार्य गरिसेको उहाँको भनाई छ । पूर्व अनेरास्ववीयू अध्यक्ष समेत रहेका उहाँले आगामी दिनहरुमा स्थानीय संरचना अनुसार गाउँपालिका तथा नगरपालिकामा हातेमालो गर्दै अगाडि वढने बताउनुभयो ।

क्यामपस कमिटी अध्यक्ष शिव भण्डारीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटि पूर्व अध्यक्ष आकाश भण्डारी, अध्यक्ष तिलक हमाल, सचिव जाल बहादुर केसी, प्रेस चौतारी नेपाल जिल्ला अध्यक्ष विजयसिंह भारतीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...