News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा गाउँपालिकामा ‘उपाध्यक्ष कोसेली’बाट जेष्ठनागरिक सम्मानित

सुजाता थापा क्षेत्री३० माघ २०७७ प्यूठान
१२६८ पटक
३० माघ २०७७ प्यूठान

‘उपाध्यक्ष कोसेली’बाट झिमरुक गाउँपालिका प्यूठानले जेष्ठनागरिकलाई लक्षित गर्दै कार्यक्रम शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको वडा मार्फत तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी.ले जानकारी गराउनुभयो ।

जेष्ठ नागरिकलाई प्रदेश सरकार मार्फत विगतका वर्षहरुमा एक आर्थिक वर्षमा तीन पटकसम्म स्वास्थ्यकर्मीहरु घरमै पुगेर जेष्ठ नागरिकको सामान्य स्वास्थ्य परिक्षण गर्ने, औषधी दिने, स्वास्थ्य परामर्श गर्ने काम हुँदै आएका थिए । चालु आर्थिक वर्षदेखि भने गाउँपालिकाले ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठनागरिकलाई कोसेली दिने कार्यक्रम सञ्चालनमा ल्याइएको के.सी.ले बताउनुुभयो ।

कार्यक्रम मार्फत गाउँपालिका भित्रका ८४ वर्ष माथिका एक सय ५० जना जेष्ठनागरिकलाई स्वास्थ्य परिक्षणसंगै कोसेली उपलब्ध गराईने उहाँको भनाइ छ । कार्यक्रम मार्फत एक जेष्ठनागरिकलाई हरलेक्स,टबेल,पाउडर,साबुन,टोपी,मोजा,झोला लगायतका सामाग्रीहरु गरी दुई हजार ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराईने के.सी.ले जानकारी दिनुभयो ।

बुधवारबाट शुरु गरिएको यस कार्यक्रम आगामी दुई हप्तासम्म चल्नेछ । जेष्ठनागरिकहरु स्वास्थ्यसंस्था तथा गाउँपालिकासम्म आउन नसक्ने भएकाले घरमै पुगेर यो सेवा दिईने समेत उहाँले बताउनुभयो । जेष्ठनागरिकको स्वास्थ्य जाँचका क्रममा कुनै समस्या देखीएमा स्वास्थ्य संस्थामा रहेको औषधी निशुल्क रुपमा दिने र परामर्श समेत गरिने स्वास्थ्य शाखा प्रमुख के.सी.ले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख ७५ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्यकर्मी र उक्त गाउँपालिकाका कर्मचारी, जनप्रतिनीधिको सल्लाहले यो कार्यक्रम उपयुक्त लागेपछि सञ्चालनमा ल्याईएको गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले बताउनुभयो । कार्यक्रम मार्फत गाउँपालिकाका ८ वटै वडा भित्रका ८४ वर्ष माथिका जेष्ठनागरिकलाई कोसेली उपलब्ध गराईने उहाँले बताउनुभयो । जेष्ठनागरिकलाई उपलब्ध गराएको कोसेली लामो समय निर्वाहका लागि नभएपनि केही टेवा पुग्ने विश्वास लिएको पनि उहाँले जानकारी गराउनुभयो । कार्यक्रमको प्रभावकारीताको आधारमा आगामी वर्ष पनि समावेश गर्न सकिने उहाँको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...