News Portal

रेडियो सुन्नुहोस्

जनताले दुईतिहाइ सरकारको महसुस गर्न पाएनन-पाण्डे

सिखबर संवाददाताफागुन २७ प्यूठान
११८१ पटक
फागुन २७ प्यूठान

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले देशको नेतृत्व कुनै अनुभव नभएका कम्युनिस्टले गरेकाले जनताले दुई तिहाइ सरकारको अनुभुत गर्न नपाएको आरोप लगाएका छन ।

नेपाली काङ्ग्रेस स्वर्गद्वारी नगर समितिले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पाण्डेले राजनिती कुनै पेशा नभएर जनताको सेवा भएको बताउदै नेकपाको नेतृतवको दुईतिहाइ सरकार जनताको सेवा भन्दापनि भ्रष्टाचारमा र आन्तरिक बिवादमा फसेको बताएका छन।

पाण्डेले काङ्ग्रेस नेतृत्व सरकारले देशमा बिकास र सम्बिधान दिएपनि कम्युनिस्ट सरकारले त्यस्को सम्रक्षणमा नलागेकोले जनताले उनिहरुको मुल्यांकन ३ बर्षमा गरेको बताएका छन । पाण्डेले पाटि भित्रका मतभेदको अनत्य गरि जनताको सेवामा सम्रपित पाटिका रुपमा काङ्ग्रेस अगाढि बढ्ने बताएका छन ।

कार्यक्रम बोल्दै काङ्ग्रेस नेता रामहरि खतिवडाले लोकतन्त्र र जनजिबिकाका लागि काङ्ग्रेस देशको ठुलो पार्टी बन्नु पर्ने बताए छन खतिवडाले प्युठानबाट काङ्ग्रेसले जिते काङ्ग्रेस नेतृत्वको सरकार सफल बन्ने बताएका छन , काङ्ग्रेसले प्युठानबाट २०१५ सालमा जित्दा काङ्ग्रेस नेतृत्वको सरकारले छोटो समयमा देशमा नमुना काम गरेको स्मरण गर्दै प्युठानको बिकासका लागि काङ्ग्रेस जिताउन कार्यकर्तालाई यक हुन आग्रह गरेका छन ।

काङ्ग्रेसले समाबेशितामा जोड दिने पार्टी भएकोले पार्टी परिवार सम्झन आग्रह गरे । बर्तमान सरकारमा शालिन प्रतिपक्ष हुदा समेत सरकार जनता प्रति उत्तरदायि नबनि आपसि मतभेदका कारण देशमा असम्बैधानिक बाटोमा गएको आरोप लगाएका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेस प्युठानका सभापति अमर प्रसाद भण्डारी , राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष एबम काङ्ग्रेस नेता डाक्टर गोबिन्दराज पोखरेल , काङ्ग्रेस केन्द्रीय प्रशिक्षण बिभाग सदस्य राजु नेपाल लगाएत आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा स्थानिय कार्यकर्ताले अहिले पार्टी सरकारमा नगइ जनताको काममा साथ दिन सुझाब दिएका छन ।

 

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...