News Portal

रेडियो सुन्नुहोस्

जनताले दुईतिहाइ सरकारको महसुस गर्न पाएनन-पाण्डे

सिखबर संवाददाताफागुन २७ प्यूठान
१६१३ पटक
फागुन २७ प्यूठान

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले देशको नेतृत्व कुनै अनुभव नभएका कम्युनिस्टले गरेकाले जनताले दुई तिहाइ सरकारको अनुभुत गर्न नपाएको आरोप लगाएका छन ।

नेपाली काङ्ग्रेस स्वर्गद्वारी नगर समितिले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पाण्डेले राजनिती कुनै पेशा नभएर जनताको सेवा भएको बताउदै नेकपाको नेतृतवको दुईतिहाइ सरकार जनताको सेवा भन्दापनि भ्रष्टाचारमा र आन्तरिक बिवादमा फसेको बताएका छन।

पाण्डेले काङ्ग्रेस नेतृत्व सरकारले देशमा बिकास र सम्बिधान दिएपनि कम्युनिस्ट सरकारले त्यस्को सम्रक्षणमा नलागेकोले जनताले उनिहरुको मुल्यांकन ३ बर्षमा गरेको बताएका छन । पाण्डेले पाटि भित्रका मतभेदको अनत्य गरि जनताको सेवामा सम्रपित पाटिका रुपमा काङ्ग्रेस अगाढि बढ्ने बताएका छन ।

कार्यक्रम बोल्दै काङ्ग्रेस नेता रामहरि खतिवडाले लोकतन्त्र र जनजिबिकाका लागि काङ्ग्रेस देशको ठुलो पार्टी बन्नु पर्ने बताए छन खतिवडाले प्युठानबाट काङ्ग्रेसले जिते काङ्ग्रेस नेतृत्वको सरकार सफल बन्ने बताएका छन , काङ्ग्रेसले प्युठानबाट २०१५ सालमा जित्दा काङ्ग्रेस नेतृत्वको सरकारले छोटो समयमा देशमा नमुना काम गरेको स्मरण गर्दै प्युठानको बिकासका लागि काङ्ग्रेस जिताउन कार्यकर्तालाई यक हुन आग्रह गरेका छन ।

काङ्ग्रेसले समाबेशितामा जोड दिने पार्टी भएकोले पार्टी परिवार सम्झन आग्रह गरे । बर्तमान सरकारमा शालिन प्रतिपक्ष हुदा समेत सरकार जनता प्रति उत्तरदायि नबनि आपसि मतभेदका कारण देशमा असम्बैधानिक बाटोमा गएको आरोप लगाएका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेस प्युठानका सभापति अमर प्रसाद भण्डारी , राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष एबम काङ्ग्रेस नेता डाक्टर गोबिन्दराज पोखरेल , काङ्ग्रेस केन्द्रीय प्रशिक्षण बिभाग सदस्य राजु नेपाल लगाएत आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा स्थानिय कार्यकर्ताले अहिले पार्टी सरकारमा नगइ जनताको काममा साथ दिन सुझाब दिएका छन ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...