News Portal

रेडियो सुन्नुहोस्

लक्षित वर्गलाई व्यवसायी वनाउन सामाग्री हस्तान्तरण

सिखबर संवाददाता१५ वैशाख २०७७ / प्यूठान
११६३ पटक
१५ वैशाख २०७७ / प्यूठान

प्यूठान नगरपालीका भित्रका विपन्न, अपांगता भएका र एकल महिलालाई व्यवसायी वनाउन सामाग्री हस्तान्तरण गरिएको छ। नगरपालीका भित्रका २० विपन्न परिवारलाई चालु आर्थिक वर्षमा नयाँ व्यवसाय सञ्चालनका लागी सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो।

चालु आर्थिक वर्षको लुम्विनी प्रदेश सरकारको विशेष अनुदान अन्तरगत स्विकृत कार्यक्रम मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत २० परिवारलाई नयाँ व्यवसाय सञ्चालनका लागी सहयोग गर्न थालिएको हो। व्यवसायी वन्न चाहने प्रत्येकले विउ पुँजी स्वरुप २५ हजार वरावरको सामाग्री सहयोग प्राप्त गर्ने नगरप्रमुख कक्षपतीले वताउनु भयो।

मंगलवार नगरपालीकावाट नगरप्रमुख अर्जुनकुमार कक्षपती, उपप्रमुख शान्ता आचार्य, प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर वुढाले सामाग्री हस्तान्तरण गर्नुभएको हो। सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख कक्षपतीले सामाग्रीहरुलाई विउ पुजीको रुपमा प्रयोग गरेर व्यवसाय वढाउन शुभकामना दिनुभयो। “आयआर्जनमा जोडिएर जिविकोपार्जन सहज गराउनका लागी सामाग्रीहरु नगरपालीकाले हस्तान्तरण गरेको हो। यसवाट आफ्नो व्यवसाय वढाउँदै लैजानुहुनेछ भन्ने शुभकामना छ।” कक्षपतीले भन्नुभयो। नगर उपप्रमुख शान्ता आचार्यले व्यवसाय वन्न चाहनेको माग र छनोटको आधारमा सम्वन्धित व्यवसायको सामाग्री हस्तान्तरण गरिएको वताउनु भयो।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमवाट चालु आर्थिक वर्षमा २० जना विपन्न नागरिकलाई मागको आधारमा व्यवसाय सञ्चालनको लागी सामाग्री हस्तान्तरण साथै दलित समुदायको परम्परागत पेशा संरक्षणका लागी परम्परागत व्यवसाय गरिरहेका ८ जना व्यवसायीहरुलाई सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। नयाँ व्यवसाय तर्फ किराना तथा खुद्रापसल, होटल पशुपालन लगायत छन् भने दलित समुदायको परम्परागत पेशा अन्तरगत जुत्तापसल, आरन व्यवसाय, पञ्चेवाजा व्यवसाय, मादल वनाउने व्यवसाय लगायतमा सहयोग गरिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर वुढाले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...