News Portal

रेडियो सुन्नुहोस्

महामारीमा जुध्न नागरिकवाट सहयोग जुट्दै

सिखबर संवाददाता३१ वैशाख, २०७७/ प्यूठान
७१० पटक
३१ वैशाख, २०७७/ प्यूठान

कोरोना भाईरस(कोभिड १९) को दोश्रो लहरको महामारीविरुद्धको लडाईमा नागरिक स्तरवाट सहयोग जुटन थालेको छ। प्यूठानका व्यापारी, व्यवसायी, समाजसेवी र सरोकारवालाहरुले महामारीमा अत्यावस्यक सामाग्री खरिद एवं व्यवस्थापनका लागी सहयोग गर्न थालेका छन्।
दोश्रो लहरको कोरोना महामारीसंग जुध्नका लागी विभिन्न क्षेत्रवाट सहयोग जुटिरहेको र अहिलेको मुख्य समस्या अक्सिजनको रहेको प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। प्यूठान नगरपालीका वर्डा नं ४ स्थित निर्माण व्यवसायि संघको भवनमा जिल्ला स्तरिय आईसोलेसन सञ्चालन भईरहेको छ।
जिल्लामा क्रियाशिल विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु, समाजसेवी लगायतवाट २ लाख ८० हजार वढी नगद र अन्य अत्यावस्यक जिस्सी सामाग्रीको सहयोग जुटेको हो।
जिल्लास्तरिय कोरोना संकट व्यवस्थापन केन्द्रको गत वैशाख १२ गते वसेको वैठकलेजिल्ला स्थित आईसोलेन सेन्टरको भौतिक तथा अन्य श्रोतसाधनको व्यवस्थापनका लागी प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा सवै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु र जिल्ला अस्पत्ताल र स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख सदस्य रहनेगरी जिल्ला स्तरिय आईसोलेसन सेन्टर व्यवस्थापन तथा परिचालन समितिी गठन भएको थियो भने, डिसिसिएमसीकै वैशाख २३ गते वसेको वैठकले आईसोलेसन सेन्टरको समन्वय, सहजिकरण लगायतका कार्यहरु प्यूठान नगरपालीकाले गर्ने निर्णय गरेको थियो।
समुदायस्तरमै संक्रमण फैलिएपछी डिसिसिएमसीले स्वास्थ्य कार्यालय रहेको भवनमा समेत आईसोलेसन निर्माण गर्ने निर्णय गरेको छ।

सहयोग विवरण
-प्यूनपा ४ विजुवार श्रिप्रसाद प्रधान रु ५० हजार
-प्यूनपा ४ विजुवार प्रकाश श्रेष्ठ तथा सरस्वती श्रेष्ठ(अमृत फर्मा) रु ५० हजार
-प्यूनपा ४ पाण्डेडाडा हाल काठमाण्डौ निवासी टोप वहादुर खत्री वाट रु २५ हजार
-प्यूनपा ८ शिवनगर केशव गिरी र माधवा गिरी) रु २५ हजार १ सय
-आयुष्मा होटलका सञ्चालक नविन जि.सी. वाट रु २५ हजार
-नवसिद्धार्थ वचत तथा ऋण सहकारी संस्था दाखाक्वाडीः २५ हजार
-प्यूनपा ४ हाल वेलजियम वस्ने मन्जुश्री प्रधान जितेन्द्र कर्माचार्य वाट रु २० हजार
-प्यूनपा ३ सापडाडा हाल काठमाण्डौ निवासी टेकप्रसाद पुलामी र दिपका पुलामी वाट १० हजार
-प्यूनपा ४ टारी निवासी पुर्णचन्द्र सुवेदी र प्रदिप सुवेदी वाट १० हजार
-प्यूनपा ४ टारी निवासी(सकृय फर्मा) नविन गौतम वाट रु १० हजार
-प्यूनपा ३ मुक्ती प्रसाद शर्मा अधिकारी वाट रु १० हजार
-कालिका एग्रोभेट विजुवार (प्रेम हमाल र वावुराम न्यौपाने) वाट रु १० हजार
-शोभाराम न्यौपाने(निर्माण व्यवसायी संघ महासचिव) वाट रु ५ हजार
-मुकेश थापा (पदम निर्माण सेवा) रु ५ हजार
-डा. प्रकाश जि.सी वाट रु ५ हजार
-योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्दराज पोख्रेलः १ टकका लागी २४ सिलेन्डर अक्सिजन भर्न लाग्ने पैसा
-प्यूठान अस्पत्ताल मा कार्यरत रेडियोग्राफर खिमप्रसाद पार्धेले पोर्टेवल एक्सरे मेसिन

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...