News Portal

रेडियो सुन्नुहोस्

सडक दुर्घटनामा दुईको मृत्यु एक घाईते

सिखबर संवाददाता२८ वैशाख, रोल्पा
१५३७ पटक
२८ वैशाख, रोल्पा

रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. २, खुंग्री, देउखुरी खोला नजिकै आज शुक्रवार विहान करिब ७ बजेको समयमा ट्याक्टर र बस ठोकिँदा ट्याक्टरका चालकसहित २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सुनिल स्मृति गाउँपालिका वडा नं। ४, बाग्मा निवासी ट्याक्टर चालक २८ वर्षिय तारा रोकामगर र सोही वडाको पाल्लो छिर्नेका २८ वर्षिय शिव वली रहेका छन् ।

ट्याक्टरमा सवार अर्का १ जना गम्भीर घाइते भएका छन्। सल्यानका २४ वर्षीय किरण रानामगर घाइते भएका हुन् । घाइते रानालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

रोल्पामा भोलिदेखि शुरु हुने सभामुख कपको लागि भलिबलका पुरुष र महिला खेलाडीहरुलाई लिएर धनगढीबाट रोल्पाको लिबाङतर्फ आउँदै गरेको महाकाली यातायातको ना ४ ख ५२५ नं को बससँग विपरित दिशाबाट खुंग्रीतर्फ जाँदै गरेको लु ३ त ७१५६ नं को ट्याक्टर ठोकिँदा दुर्घटना भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...