News Portal

रेडियो सुन्नुहोस्

प्यूठानी कलाकारहरुको तीज गीत ‘करगर्दिन मत’ सार्वजनिक

झुलेनी संवाददाता१७ साउन २०७८ प्यूठान
१६५३ पटक
१७ साउन २०७८ प्यूठान

काठमाण्डौ । पछील्लो समय नारीहरुको तिज पर्व नजिकिदै गर्दा कलाकारहरु एक पछी अर्को तिज गित बजार ल्याइरहेका छन । यसै भिडमा  प्यूठानी गायक बसन्त सागर भण्डारीको स्वर रहेको ‘कर गर्दिन मत’ बोलको तीज गित युटुव मार्फत सार्वजनिक भएको छ ।

प्यूठान नगरपालिका ५ माझकोट निवासी भण्डारीको शब्द र संगीत रहेको गीतमा गायिका मनिकला पुन मगरले साथ दिएकी छन् । गायिका मगर पनि माझकोट निवासि हुन । सार्वजनिक तिज गितको म्युजीक भिडियोमा कलाकार मनोहर भण्डारी,भक्ती परियार, करन थापा मगर, हरविन पुन मगर र लोचन थापा मगरले अभिनय गरेका छन् । सन्तोष सुनामले एरेन्ज गरेको यस गीतलाई महेश बिक्रम पाण्डेले मिक्सिङ गरेका छन ।

सुवास नेपालले निर्देशन र अनिल बिस्टले सम्पादन गरेको भिडियोलाई क्यामेरामा विहान रिजाल र गोपाल बटालाले कैद गरेका हुन् । विगत लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रीय रहेका वसन्त र मनिकलाको यो पहिलो तीज गीत हो । यो गीत एक्सपोर्ट नेपालको युट्युव च्यानलबाट बजारमा ल्याएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://youtu.be/vSF9RBm-iu8

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...