News Portal

रेडियो सुन्नुहोस्

प्यूठानी कलाकारहरुको तीज गीत ‘करगर्दिन मत’ सार्वजनिक

झुलेनी संवाददाता१७ साउन २०७८ प्यूठान
२०१४ पटक
१७ साउन २०७८ प्यूठान

काठमाण्डौ । पछील्लो समय नारीहरुको तिज पर्व नजिकिदै गर्दा कलाकारहरु एक पछी अर्को तिज गित बजार ल्याइरहेका छन । यसै भिडमा  प्यूठानी गायक बसन्त सागर भण्डारीको स्वर रहेको ‘कर गर्दिन मत’ बोलको तीज गित युटुव मार्फत सार्वजनिक भएको छ ।

प्यूठान नगरपालिका ५ माझकोट निवासी भण्डारीको शब्द र संगीत रहेको गीतमा गायिका मनिकला पुन मगरले साथ दिएकी छन् । गायिका मगर पनि माझकोट निवासि हुन । सार्वजनिक तिज गितको म्युजीक भिडियोमा कलाकार मनोहर भण्डारी,भक्ती परियार, करन थापा मगर, हरविन पुन मगर र लोचन थापा मगरले अभिनय गरेका छन् । सन्तोष सुनामले एरेन्ज गरेको यस गीतलाई महेश बिक्रम पाण्डेले मिक्सिङ गरेका छन ।

सुवास नेपालले निर्देशन र अनिल बिस्टले सम्पादन गरेको भिडियोलाई क्यामेरामा विहान रिजाल र गोपाल बटालाले कैद गरेका हुन् । विगत लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रीय रहेका वसन्त र मनिकलाको यो पहिलो तीज गीत हो । यो गीत एक्सपोर्ट नेपालको युट्युव च्यानलबाट बजारमा ल्याएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://youtu.be/vSF9RBm-iu8

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...