News Portal

रेडियो सुन्नुहोस्

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउने प्रयास

झुलेनी समाचारदाता२३ साउन २०७८ , काठमाडाैँ
६२१ पटक
२३ साउन २०७८ , काठमाडाैँ

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने प्रयास भएको हो।

पछिल्लो समय आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग बढ्दै गएको छ। यस अघिसमेत सिम्रिक एयरले देशका विभिन्न ठाउँमा लागेको आगो हेलिकप्टरको सहायतामा निभाएको थियो । आगो निभाउन हेलिकोप्टरले रानीपोखरी र माछापोखरीबाट पानी लगेको बताइएको छ।

बालाजु प्रहरीका अनुसार गएरातिदेखि औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगलागी भएको हो। प्रहरीका अनुसार पानी ट्यांकर, दमकलसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पनि आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

रातिदेखि लागेको आगो बारुणयन्त्रले पनि निभाउन नसकेपछि अहिले हेलिकप्टरको प्रयोग गरिएको हो। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

-अन्नपुर्णपाेष्टबाट

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...