News Portal

रेडियो सुन्नुहोस्

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउने प्रयास

झुलेनी समाचारदाता२३ साउन २०७८ , काठमाडाैँ
१०३४ पटक
२३ साउन २०७८ , काठमाडाैँ

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने प्रयास भएको हो।

पछिल्लो समय आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग बढ्दै गएको छ। यस अघिसमेत सिम्रिक एयरले देशका विभिन्न ठाउँमा लागेको आगो हेलिकप्टरको सहायतामा निभाएको थियो । आगो निभाउन हेलिकोप्टरले रानीपोखरी र माछापोखरीबाट पानी लगेको बताइएको छ।

बालाजु प्रहरीका अनुसार गएरातिदेखि औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगलागी भएको हो। प्रहरीका अनुसार पानी ट्यांकर, दमकलसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पनि आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

रातिदेखि लागेको आगो बारुणयन्त्रले पनि निभाउन नसकेपछि अहिले हेलिकप्टरको प्रयोग गरिएको हो। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

-अन्नपुर्णपाेष्टबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...