News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा तपाइको मास्क खै ?

तेजेन्द्र बिएम२०७८ साउन २६
२०७८ पटक
२०७८ साउन २६

नेपाल मास्क अभियान जनचेतना कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिकाले मंगलवार तपाइको मास्क खै ? कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रावण २३-२९ सम्म देशैभर यो कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोभिड-१९ को दोस्रो भेरिएन्टले मानव जीवनलाई अप्ठ्यारोमा पारीरहेको बेला जनचेतनामुकल अभियान चलिरहेको छ  ।

 

पछील्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकोले देशभरका धेरैजसो जिल्लाहरूमा निषेधाज्ञा जारी गर्ने गरिएको छ । कोरोना संक्रमण फैलन नदिन देशैभर जनचेतनामुलक भइरहेका छन । यसै सन्दर्भमा प्युठान नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय बिजुवार, प्युठानको समन्वयमा तपाइको मास्क खै ? कार्यक्रमको आयोजना गरीएको हो ।

 

“महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनुनै हो आजको आवश्यकता ।” म पनि मास्क लगाउछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु ।”, तपाईको मास्क खै ?, सामाजिक दुरि कायम गरौं । मैले लगाएको मास्कले तपाइको सुरक्षा गर्छ भने, तपाइले लगाएको मास्कले मेरो सुरक्षा गर्छ । लगायतका नारा लेखिएका प्ले-कार्डहरु हात-हातमा लिएर नगर प्रमुख अर्जुन कुमार कक्षपति सहित नगरपालिका कर्मचारी, ईलाका प्रहरी टोलि र्यालीमा सहभागी थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...