News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा तपाइको मास्क खै ?

तेजेन्द्र बिएम२०७८ साउन २६
२१०३ पटक
२०७८ साउन २६

नेपाल मास्क अभियान जनचेतना कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिकाले मंगलवार तपाइको मास्क खै ? कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रावण २३-२९ सम्म देशैभर यो कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोभिड-१९ को दोस्रो भेरिएन्टले मानव जीवनलाई अप्ठ्यारोमा पारीरहेको बेला जनचेतनामुकल अभियान चलिरहेको छ  ।

 

पछील्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकोले देशभरका धेरैजसो जिल्लाहरूमा निषेधाज्ञा जारी गर्ने गरिएको छ । कोरोना संक्रमण फैलन नदिन देशैभर जनचेतनामुलक भइरहेका छन । यसै सन्दर्भमा प्युठान नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय बिजुवार, प्युठानको समन्वयमा तपाइको मास्क खै ? कार्यक्रमको आयोजना गरीएको हो ।

 

“महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनुनै हो आजको आवश्यकता ।” म पनि मास्क लगाउछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु ।”, तपाईको मास्क खै ?, सामाजिक दुरि कायम गरौं । मैले लगाएको मास्कले तपाइको सुरक्षा गर्छ भने, तपाइले लगाएको मास्कले मेरो सुरक्षा गर्छ । लगायतका नारा लेखिएका प्ले-कार्डहरु हात-हातमा लिएर नगर प्रमुख अर्जुन कुमार कक्षपति सहित नगरपालिका कर्मचारी, ईलाका प्रहरी टोलि र्‍यालीमा सहभागी थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...