News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा तपाइको मास्क खै ?

तेजेन्द्र बिएम२०७८ साउन २६
१३३२ पटक
२०७८ साउन २६

नेपाल मास्क अभियान जनचेतना कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिकाले मंगलवार तपाइको मास्क खै ? कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रावण २३-२९ सम्म देशैभर यो कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोभिड-१९ को दोस्रो भेरिएन्टले मानव जीवनलाई अप्ठ्यारोमा पारीरहेको बेला जनचेतनामुकल अभियान चलिरहेको छ  ।

 

पछील्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकोले देशभरका धेरैजसो जिल्लाहरूमा निषेधाज्ञा जारी गर्ने गरिएको छ । कोरोना संक्रमण फैलन नदिन देशैभर जनचेतनामुलक भइरहेका छन । यसै सन्दर्भमा प्युठान नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय बिजुवार, प्युठानको समन्वयमा तपाइको मास्क खै ? कार्यक्रमको आयोजना गरीएको हो ।

 

“महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनुनै हो आजको आवश्यकता ।” म पनि मास्क लगाउछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु ।”, तपाईको मास्क खै ?, सामाजिक दुरि कायम गरौं । मैले लगाएको मास्कले तपाइको सुरक्षा गर्छ भने, तपाइले लगाएको मास्कले मेरो सुरक्षा गर्छ । लगायतका नारा लेखिएका प्ले-कार्डहरु हात-हातमा लिएर नगर प्रमुख अर्जुन कुमार कक्षपति सहित नगरपालिका कर्मचारी, ईलाका प्रहरी टोलि र्यालीमा सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

बालमैत्री स्थानीय शासन सञ्चालन सम्बन्धि तालिम ऐरावतीमा

बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम ऐरावती गाउँपालिका ५ मा सम्पन्न भएको छ । सरोकार सञ्चार...

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक...

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ...

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मगंलबार बिहान घाँस काट्न भनी...

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी