काठ्माण्डौं, नेकपा एमालेका तत्कालिन माधव कुमार नेपाल समुहका नेताहरु र पार्टी अध्यक्ष के.पि शर्मा वीच छलफल सुरु भएको छ।
दुबै पक्ष वीच भएको १० बुँदे सहमति कार्यान्वयनको बिषयमा छलफल गर्न नेता भिम बहादुर रावल लगाएतका नेताहरु केपि निवास बालकोट पुगेका छन्। भिम रावल सहित
, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले छलफल गरिरहेका छन् ।
उनीहरूले माधव नेपालको पार्टी विभाजन गर्ने निर्णय असहमति जनाउँदै साथ दिएनन् । आइतबार दुवै पक्षका नेताहरुले गम्भीर ढंगले समिक्षा गरेर स्थायी कमिटी सदस्य शंकर पोखरेललाइ १० बुँदे कार्यान्वयनका लागि सक्रिय गराउने निर्णय लिएका थिए ।