


घरभित्र खेलीरहेको अवस्थामा घरमाथीबाट पहिरो गएर घर भत्किदा प्यूठानमा एक बालिका घाइते भएकी छिन । प्यूठान नगरपालिका ४ ठुटे सिमल निवासी कुल बहादुर थापाको घरमा शुक्रवार दिउँसो पहिरो खस्दा उनकी ११ महिनाकी छोरी घाइते भएकी हुन । थापाका अनुसार घरमाथीबाट ढुङगो सहितको पहिरो घरमा खसेको हो । घाइते बालिकालाइ उपचारका लागि प्यूठान अस्पताल विजुवार ल्याइ प्राथमिक उपचार गरीएको वडा अध्यक्ष लक्ष्मीप्रसाद राजभण्डारीले जानकारी दिए । उनका अनुसार टाउकोमा गम्भिर चोट लागेर घाइते बालिकालाइ थप उपचारका लागि बुटवल रिफर गरीएको छ । पिडितका अनुसार ढुङगो सहित आएको पहिरोले घर पूर्ण रुपमा क्षति भएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

