News Portal

रेडियो सुन्नुहोस्

९० प्रतिसत अपराध मदिराको नसामा

सिखबर संवाददाता७ असार, प्यूठान
१२६८ पटक
७ असार, प्यूठान

जिल्लामा अधिकांस अपराधका घटनाहरु मदिराको नसामा हुने गरेका छन्। जिल्ला प्रहरि कार्यालयको तथ्यांक अनुसार ९० प्रतिसत अपराधका घटनाहरु मदिराको नसामा हुने गरेको जिल्ला प्रहरी प्रमुख(डिएसपी) राजेन्द्र पोख्रेलले वताउनु भयो।

“अधिकांस अपराधका घटनाहरुको अध्ययन गर्दा घटना घटाउने व्याक्तिले कुनै न कुनै प्रकारको मदिरा वा नसालु पदार्थ सेवन गरेको देखिन्छ” डिएसपी पोख्रेलले भन्नुभयो– “जिल्लामा ९० प्रतिसत अपराधका घटनामा संलग्नहरुले घटना घटाउने वेला मदिरा वा लागुपदार्थ सेवन गरेका हुन्छन्।”

पछिल्लो समयमा जिल्लामा अपराध र विभिन्न प्रकृतीका मुद्धाहरु दर्ता हुने संख्या वढ्दो छ। चालु आर्थिक वर्षमा मात्रै जिल्लामा अपराधसम्वन्धि २ सय ५९ मुद्धा दर्ता भएका छन्। दर्ता भएका १४६ मुद्धा फर्छयौट भएका छन् भने ११३ मुद्धाहरु वांकी छन्। गत आ.व. २०७३/०७४ मा १६२ मुद्धा दर्ता भएका थिए।

टोलटोलमा प्रहरी अभियान अन्र्तगत सञ्चारकर्मिसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै डिएसपी पोख्रेलले प्रहरी प्रतिको जनविश्वास र प्रहरीको सक्रियता वढेका कारण उजुरी र अपराधको घटना दर्ता वढेको वताउनु भयो।

प्रहरीले अहिले जिल्लाका विभिन्न मुख्य वजारक्षेत्र, गाउँपालिकाहरुमा सडक नाटक, सांगितिक कार्याक्रम, भिडियो प्रदर्शनी लगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...