News Portal

रेडियो सुन्नुहोस्

लकडाउनले गुरुङलाई फर्कायो कृषि कर्ममा (भिडियो सहित)

झिमरुक फॉटमा ड्रयागन खेती

तेजेन्द्र बिएम२०७८ भाद्र १८, प्यूठान
१०८५ पटक
" frameborder="0" allowfullscreen>
२०७८ भाद्र १८, प्यूठान

लामो समय काठमाडौंमा बसेर खुद्रा व्यबसाय गर्ने यहाँका ५७ वर्षिय लोकबहादुर गुरुङ अहिले गाउँमै कृषि कर्ममा रमेका छन् । करिब २० वर्ष काठमाडौमै बिताएका गुरुङ पछिल्लो २ वर्षदेखि प्यूठान नगरपालिका-७,स्थित गाजुरीको झिंमरुक फॉटमा कृषि कर्म गरेर बसेका छन् ।
मल्लरानी गाउॅपालिका-४, निवासी गुरुङ कोरोना भाइरस कोभिड-१९,का कारण मुलुकभर लकडाउन भएपछि गाउँ फर्केका हुन् ।

गाउँ फर्किएपछि उनी काठमाडौ फर्कने मन गरेनन् । यतै पौरख गर्ने सोंच बनाए । उनले यहॉ बसेर ड्रयागन खेती र कुखुरा पाल्न थाले । ‘ड्रयागन खेती प्यूठानको लागि नयाँ ब्यवसाय हुने सोंचे’,उनले भने,‘त्यसपछि युटुवमा यस सम्बन्धी भिडियोहरु हेर्न थाले ।’ युटुव हेरेर केहिँ सिकेपछि चितवन र दाङमा अध्ययनका लागि गएको उनको भनाई छ । त्यहाँका फर्महरुमा अध्ययन गरेपछि गुरुङले डेढ बिघा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका छन् ।

यो व्यवसायमा सहपाटी स्थानीय नविन श्रेष्ठको पनि साझेदारी रहेको गुरुङले बताए । जग्गा भाडामा लिएपछि खेतीका लागि उनले सिमेन्टका ९ सय पोलमा दुई हजार ७ सय ड्रयागनका बिरुवा लगाएका छन् । ड्रयागन खेती फूल फूल्न थालेको छ । बिरुवाहरु चितवन र दाङ्गको फर्मबाट झिकाईएको हो । रातो र सेतो जुबै जातका बिरुवा लगाएको उनले बताए । अन्य ठाउँका फर्महरुमा टायरको क्याप लगाउने गरेपनि आफूले बलियो र टिकाउ होस भन्नका लागि आरसिसि गरेर क्याप बनाइएको बताए ।

‘पहिले २०७७ कात्र्तिकमा लगाएका थियौ’,उनले भने,‘पछिल्लो केहि बिरुवा माघमा लगाएका हौं ।’ यसको फल २ वर्षमा खान मिल्ने गुरुङको भनाई छ । फर्ममा काम गर्नका कामदार पनि राखेका छन् । उनी आफै पनि बिहान देखि साझसम्म रेखदेख र गोडमेल गर्दै आएका छन् । आफ्नै जिल्लामा व्यवसाय गरि जिल्लावासिलाई सस्तो र सुलभ दरमा उत्पादन गरी उपभोग गर्न पाउने अवसर प्रदान गर्नु आफ्नो लागि सौभाग्य हुने उनको भनाई छ ।

ड्रयागन खेतीसँगै गुरुङले पशुपालनमा समेत हात हालेका छन् । ‘अहिले २ सय टर्कि, २ सय कडकनाथ जातको कुखुरा, २ सय बट्टाई पनि पालेका छौ,’ उनले भने, ‘चल्ला उत्पादनका लागि ह्याचिङ्ग मेसिन पनि राखेका छौं ।’ जसले गर्दा फर्ममा चल्लाको संख्या बढेको छ ।
ड्रयागन विरुवाको लागि कम्पोष्ट मोल चाहिने भएकाले भैंसि पाल्ने तयारी गरेको उनले बताए । ‘आफ्नै क्षेत्रमा आएर व्यवसाय गर्न पाउँदा आनन्द महसुस भएका छ,’उनले भने,‘अबको मेरो खुसी र सन्तुष्टि भनेकै यहि व्यवसाय हो ।’ उनलको व्यासाय हेर्न कृषि व्यबसायमा लाग्ने नया सोच बनाएका दर्जनौ किसानहरु आउने गरेको उनले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...