News Portal

रेडियो सुन्नुहोस्

लकडाउनले गुरुङलाई फर्कायो कृषि कर्ममा (भिडियो सहित)

झिमरुक फॉटमा ड्रयागन खेती

तेजेन्द्र बिएम२०७८ भाद्र १८, प्यूठान
१२९९ पटक
" frameborder="0" allowfullscreen>
२०७८ भाद्र १८, प्यूठान

लामो समय काठमाडौंमा बसेर खुद्रा व्यबसाय गर्ने यहाँका ५७ वर्षिय लोकबहादुर गुरुङ अहिले गाउँमै कृषि कर्ममा रमेका छन् । करिब २० वर्ष काठमाडौमै बिताएका गुरुङ पछिल्लो २ वर्षदेखि प्यूठान नगरपालिका-७,स्थित गाजुरीको झिंमरुक फॉटमा कृषि कर्म गरेर बसेका छन् ।
मल्लरानी गाउॅपालिका-४, निवासी गुरुङ कोरोना भाइरस कोभिड-१९,का कारण मुलुकभर लकडाउन भएपछि गाउँ फर्केका हुन् ।

गाउँ फर्किएपछि उनी काठमाडौ फर्कने मन गरेनन् । यतै पौरख गर्ने सोंच बनाए । उनले यहॉ बसेर ड्रयागन खेती र कुखुरा पाल्न थाले । ‘ड्रयागन खेती प्यूठानको लागि नयाँ ब्यवसाय हुने सोंचे’,उनले भने,‘त्यसपछि युटुवमा यस सम्बन्धी भिडियोहरु हेर्न थाले ।’ युटुव हेरेर केहिँ सिकेपछि चितवन र दाङमा अध्ययनका लागि गएको उनको भनाई छ । त्यहाँका फर्महरुमा अध्ययन गरेपछि गुरुङले डेढ बिघा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका छन् ।

यो व्यवसायमा सहपाटी स्थानीय नविन श्रेष्ठको पनि साझेदारी रहेको गुरुङले बताए । जग्गा भाडामा लिएपछि खेतीका लागि उनले सिमेन्टका ९ सय पोलमा दुई हजार ७ सय ड्रयागनका बिरुवा लगाएका छन् । ड्रयागन खेती फूल फूल्न थालेको छ । बिरुवाहरु चितवन र दाङ्गको फर्मबाट झिकाईएको हो । रातो र सेतो जुबै जातका बिरुवा लगाएको उनले बताए । अन्य ठाउँका फर्महरुमा टायरको क्याप लगाउने गरेपनि आफूले बलियो र टिकाउ होस भन्नका लागि आरसिसि गरेर क्याप बनाइएको बताए ।

‘पहिले २०७७ कात्र्तिकमा लगाएका थियौ’,उनले भने,‘पछिल्लो केहि बिरुवा माघमा लगाएका हौं ।’ यसको फल २ वर्षमा खान मिल्ने गुरुङको भनाई छ । फर्ममा काम गर्नका कामदार पनि राखेका छन् । उनी आफै पनि बिहान देखि साझसम्म रेखदेख र गोडमेल गर्दै आएका छन् । आफ्नै जिल्लामा व्यवसाय गरि जिल्लावासिलाई सस्तो र सुलभ दरमा उत्पादन गरी उपभोग गर्न पाउने अवसर प्रदान गर्नु आफ्नो लागि सौभाग्य हुने उनको भनाई छ ।

ड्रयागन खेतीसँगै गुरुङले पशुपालनमा समेत हात हालेका छन् । ‘अहिले २ सय टर्कि, २ सय कडकनाथ जातको कुखुरा, २ सय बट्टाई पनि पालेका छौ,’ उनले भने, ‘चल्ला उत्पादनका लागि ह्याचिङ्ग मेसिन पनि राखेका छौं ।’ जसले गर्दा फर्ममा चल्लाको संख्या बढेको छ ।
ड्रयागन विरुवाको लागि कम्पोष्ट मोल चाहिने भएकाले भैंसि पाल्ने तयारी गरेको उनले बताए । ‘आफ्नै क्षेत्रमा आएर व्यवसाय गर्न पाउँदा आनन्द महसुस भएका छ,’उनले भने,‘अबको मेरो खुसी र सन्तुष्टि भनेकै यहि व्यवसाय हो ।’ उनलको व्यासाय हेर्न कृषि व्यबसायमा लाग्ने नया सोच बनाएका दर्जनौ किसानहरु आउने गरेको उनले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...