आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा प्राकृतिक विपत्तिका घटनावाट ३ करोडको क्षेती भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा घटेका १७१ घटनावाट ३ करोड वरावरको क्षेती भएको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले वताउनु भयो।
प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार यो आर्थिक वर्षमा विपत्तिका घटनावाट दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भए। १२२ घर, ४८ गोठमा क्षेती पुगेको र ७ वटा पसुचौपायाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
आर्थिक वर्षभरका १७१ घटनामध्य १३२ वटा आगलागी, २१ वटा वाढिपहिरो, ७ चट्याङ र ११ घटना हावाहुरीको कारण भएका थिए।
प्राकृतीक विपत्तीका घटनामा प्रहरि समयमै पुगेर उद्धार, मानव जिवन र धनजनको सुरक्षाका लागी तदारुकताका साथ लाग्ने गरेको छ।