News Portal

रेडियो सुन्नुहोस्

मकैलाइ खसि कसरी बनाउने ?

नोमराज शर्मा२०७८ भाद्र २४
२५९० पटक
२०७८ भाद्र २४

समयको परिवर्तनसगै नयाँ नयाँ प्रबिधी र काम गर्ने नयाँ तरिकाको विकास भइरहने हामीले देख्दै र सुन्दै आइरहेका छौ । अझ  हाम्रो जस्तो विकाशिल देशमा त झन दिनानुदिन नयाँ प्रबिधीका साथै तरिकाहरुको विकास हुनु सबल तथा स्वभाबिक पक्ष पनी हो ।

कुल जनसंख्याको ६० प्रतिशत भन्दा बढि कृषक तथा कुल गा्रहस्थ उत्पादनमा २८ प्रतिशत योग्दान दिने हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि क्षेत्रमा पनि दिनानुदिन व्यवसायिकरण तथा आधुनिकीकरणसगै नयाँ प्रविधीहरुको विकास भइरहेको छ । यस्तै नयाँ प्रविधीहरुमध्ये एक हो मकैलाइ खसि पार्ने प्रबिधी ।

मलाइ लाग्छ हामी सम्पूणर् खसि पार्ने शब्दसँग परिचित नै छौ । सामान्य रुपमा बुझ्दा खसि पार्नु भनेको भालेको  सरिरबाट भाले अंगलाई हटाउनु हो जुन हामिले विभिन्न जनावरहरुमा देख्दै र गदै आइरहेका छौं । जसमा भाले अंगलाइ विभिन्न प्रबिधीमार्फत हटाउने वा निश्कृय बनाउने गरिन्छ । जनावरमा जस्तै मकैमा पनि खसि पार्नु भन्नाले मकैको बोटबाट भाले अंगलाइ हटाउनु हो । मकै परपरागसेचित बाली हो जसमा भाले अंग र पोथी अंग फरक फरक स्थानमा हुने गर्दछन ।

मकैको बोटको सबै भन्दा माथिको भाग अर्थात पात सकिएपछि आउने जस्लाइ हामिले धान भन्ने गर्दछौ उक्त धान मकैको भाले अंग हो जसबाट परागसेचनको लागी परागकण उत्पादन हुने गर्दछ  भने मकैको धोगा लाग्नको लागी पात र काण्डको बिचबाट निश्किएको भागमा टुप्पोबाट निश्कने कपाल जस्ता मसिना राता पहेला चमार जस्लाइ सामान्य भाषामा मकैको जुगाँ पनि भन्ने गरिन्छ उक्त भाग मकैको पोथी अंग हो जसमा भाले अंगले उत्पादन गरेका परागकणहरु विभिन्न माध्यमबाट चमारमा आएर परागसेचन हुने गर्दछ । एउटा मकैको धोगामा कतिवटा दाना लाग्ने भन्ने  कुराको निर्धारण कतिवटा चमारहरु परागसेचीत भए भन्ने कुरामा भर पर्दछ ।

किन मकैलाइ खसि पारिन्छ त ?

हामीलाइ थाहा छ कि जनावरमा सरिरको तौल र मोटोपना बढाउन खसि पार्ने गर्दछौ । यसबाटै के पृष्टि हन्छ भने भाले अंगले सरिरबाट धेरै तत्व लिने गर्दछ वा भाले अंगमा भाले कण उत्पादन गर्न बढि शक्तिको प्रयोग हुने गर्दछ । तर फेरी भाले बिना सेचन हुन सक्दैन । तर मकैको एउटै भालेले करौडौ परागकण उत्पादन गर्ने र मकै परपरागसेचीत बाली भएको हुदा एउटै भालेले धेर ैबोटहरुलाइ परागकण पुग्छ र बाकी भालेको काम हुदैन । मकै बालीमा जम्मा बोटहरुमध्ये ७५ प्रतिशत बोटहरुमा धानलाइ हटाइदिदा उत्पादनमा १० प्रतिशत भन्दा बढि उत्पादन हुने कृषि वैज्ञानिकको दावी छ । यसरी हटाउदा परागकण निमाणर्कोलागी खर्च हुने ठुलो मात्रा स्टार्च दाना लाग्नमा प्रयोग भइ उत्पादन बढ्ने हो ।

यसका साथै रैथाने तथा उन्नत जातका अलि अग्लो हुने जातहरुमा धान तुलनात्मक रुपमा ठूलो हुने हुदा बर्षातको समयमा पानी पर्दा धानमा पानी अडिएर बोटले धान्न नसकि मकै ढल्ने समस्याको समेत समाधान गर्दछ । साथै उक्त कोमल धानमा प्रशस्त पौष्टिक तत्व पाइने हुदा दानाको रुपमा समेत खुवाउन सकिन्छ ।

कसरी हटाउने ?

मकैले धानचमार गर्ने सुरुवाती अवस्थामा  मकैको अन्तिम पात निस्किएपछि टुप्पोमा थोरै देखिएको उक्त धानलाइ टुप्पोबाट तानेर निकाल्नुपर्दछ । यसरी निकाल्दा बोट नभाचिने गरी निकाल्नु पर्दछ। अलिबाहिर देखिएकोअवस्थामा काट्न पनि सकिन्छ । यसरी काट्दा वा निकाल्दा ४ वटा बोटमध्ये बिचमा पर्ने एउटा बोटको धान छोडी अन्य तिनवटा बोटको हटाउनुपर्दछ । धान हटाउने कार्य चमार बाहिर नआउदै गर्दा राम्रो हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...