News Portal

रेडियो सुन्नुहोस्

मकैलाइ खसि कसरी बनाउने ?

नोमराज शर्मा२०७८ भाद्र २४
३०५५ पटक
२०७८ भाद्र २४

समयको परिवर्तनसगै नयाँ नयाँ प्रबिधी र काम गर्ने नयाँ तरिकाको विकास भइरहने हामीले देख्दै र सुन्दै आइरहेका छौ । अझ  हाम्रो जस्तो विकाशिल देशमा त झन दिनानुदिन नयाँ प्रबिधीका साथै तरिकाहरुको विकास हुनु सबल तथा स्वभाबिक पक्ष पनी हो ।

कुल जनसंख्याको ६० प्रतिशत भन्दा बढि कृषक तथा कुल गा्रहस्थ उत्पादनमा २८ प्रतिशत योग्दान दिने हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि क्षेत्रमा पनि दिनानुदिन व्यवसायिकरण तथा आधुनिकीकरणसगै नयाँ प्रविधीहरुको विकास भइरहेको छ । यस्तै नयाँ प्रविधीहरुमध्ये एक हो मकैलाइ खसि पार्ने प्रबिधी ।

मलाइ लाग्छ हामी सम्पूणर् खसि पार्ने शब्दसँग परिचित नै छौ । सामान्य रुपमा बुझ्दा खसि पार्नु भनेको भालेको  सरिरबाट भाले अंगलाई हटाउनु हो जुन हामिले विभिन्न जनावरहरुमा देख्दै र गदै आइरहेका छौं । जसमा भाले अंगलाइ विभिन्न प्रबिधीमार्फत हटाउने वा निश्कृय बनाउने गरिन्छ । जनावरमा जस्तै मकैमा पनि खसि पार्नु भन्नाले मकैको बोटबाट भाले अंगलाइ हटाउनु हो । मकै परपरागसेचित बाली हो जसमा भाले अंग र पोथी अंग फरक फरक स्थानमा हुने गर्दछन ।

मकैको बोटको सबै भन्दा माथिको भाग अर्थात पात सकिएपछि आउने जस्लाइ हामिले धान भन्ने गर्दछौ उक्त धान मकैको भाले अंग हो जसबाट परागसेचनको लागी परागकण उत्पादन हुने गर्दछ  भने मकैको धोगा लाग्नको लागी पात र काण्डको बिचबाट निश्किएको भागमा टुप्पोबाट निश्कने कपाल जस्ता मसिना राता पहेला चमार जस्लाइ सामान्य भाषामा मकैको जुगाँ पनि भन्ने गरिन्छ उक्त भाग मकैको पोथी अंग हो जसमा भाले अंगले उत्पादन गरेका परागकणहरु विभिन्न माध्यमबाट चमारमा आएर परागसेचन हुने गर्दछ । एउटा मकैको धोगामा कतिवटा दाना लाग्ने भन्ने  कुराको निर्धारण कतिवटा चमारहरु परागसेचीत भए भन्ने कुरामा भर पर्दछ ।

किन मकैलाइ खसि पारिन्छ त ?

हामीलाइ थाहा छ कि जनावरमा सरिरको तौल र मोटोपना बढाउन खसि पार्ने गर्दछौ । यसबाटै के पृष्टि हन्छ भने भाले अंगले सरिरबाट धेरै तत्व लिने गर्दछ वा भाले अंगमा भाले कण उत्पादन गर्न बढि शक्तिको प्रयोग हुने गर्दछ । तर फेरी भाले बिना सेचन हुन सक्दैन । तर मकैको एउटै भालेले करौडौ परागकण उत्पादन गर्ने र मकै परपरागसेचीत बाली भएको हुदा एउटै भालेले धेर ैबोटहरुलाइ परागकण पुग्छ र बाकी भालेको काम हुदैन । मकै बालीमा जम्मा बोटहरुमध्ये ७५ प्रतिशत बोटहरुमा धानलाइ हटाइदिदा उत्पादनमा १० प्रतिशत भन्दा बढि उत्पादन हुने कृषि वैज्ञानिकको दावी छ । यसरी हटाउदा परागकण निमाणर्कोलागी खर्च हुने ठुलो मात्रा स्टार्च दाना लाग्नमा प्रयोग भइ उत्पादन बढ्ने हो ।

यसका साथै रैथाने तथा उन्नत जातका अलि अग्लो हुने जातहरुमा धान तुलनात्मक रुपमा ठूलो हुने हुदा बर्षातको समयमा पानी पर्दा धानमा पानी अडिएर बोटले धान्न नसकि मकै ढल्ने समस्याको समेत समाधान गर्दछ । साथै उक्त कोमल धानमा प्रशस्त पौष्टिक तत्व पाइने हुदा दानाको रुपमा समेत खुवाउन सकिन्छ ।

कसरी हटाउने ?

मकैले धानचमार गर्ने सुरुवाती अवस्थामा  मकैको अन्तिम पात निस्किएपछि टुप्पोमा थोरै देखिएको उक्त धानलाइ टुप्पोबाट तानेर निकाल्नुपर्दछ । यसरी निकाल्दा बोट नभाचिने गरी निकाल्नु पर्दछ। अलिबाहिर देखिएकोअवस्थामा काट्न पनि सकिन्छ । यसरी काट्दा वा निकाल्दा ४ वटा बोटमध्ये बिचमा पर्ने एउटा बोटको धान छोडी अन्य तिनवटा बोटको हटाउनुपर्दछ । धान हटाउने कार्य चमार बाहिर नआउदै गर्दा राम्रो हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...