News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : नियममीत हुँदैन बजार अनुगमन

झुलेनी नेटवर्क२०७८ असोज १३
९५३ पटक
२०७८ असोज १३

चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने चलनले गर्दा उपभोक्त सधै ठगिन परेको छ । सरोकारवाला निकायले नियमित बजार अनुगमन नगनार्ले मुख्य बजार केन्द्रहरूमा अखाद्य वस्तु बिक्री गर्ने, अनुमति नभएको ढक तराजु प्रयोग, मूल्यसूची नराखी व्यवसाय सञ्चालन लगायत कार्य भइरहेका छन् । व्यपारीले मुल्यसूची नै अध्यावधिक गरेका छैनन् । बजारमा बढी मात्रामा जङ्क फुडहरू म्याद गुज्रिएका विक्री बितरण भइरहेका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, भिंगृ, जुम्री बजार, दाखाक्वाडी, चेरनेटा र देवीस्थान लगायत बजारी क्षेत्रमा अखाद्य वस्तुहरु विक्री बितरण भइरहने उपभोक्ताहरुका गुनासा छन् ।

अनुगमनका क्रममा स्वर्गद्वारी पेट्रोल पम्पहरुले पनि मेसीन सेटिङ मिलाएर कम विक्री गर्दै आएको गुनासा धेरै छन् । यस्तै पसल, कम्पनी दर्ता नगरी सञ्चालन गर्नेहरु पनि धेरै छन् ।

जिल्लामा उपभोक्ताहरू ठगिएको गुनासो धेरै आइरहेपनि स्थानीय सरकार, प्रशासनले संयुक्त अनुगमन समय समयमा गरेको पाइदैन ।वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको अनुगमन टोली जिल्लामा छैन ।

यसले पनि बजार अनुगमन प्रभाबकारी हुन नसकेको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, नापतौल विभाग, औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसंग समन्वय गरेर अनुगमनलाई नियमित गराउन सक्ने हो भने उपभोक्ता ठगिन पर्दैनथ्योकी ?

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...