News Portal

रेडियो सुन्नुहोस्

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाइ प्यूठान नगरपालिकाले दियो ३५ हजार

बोम बहादुर परियार२०७८ असौज १८, प्यूठान
८७४ पटक
२०७८ असौज १८, प्यूठान

प्युठान नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । मृतकका परिवारलाइ सान्त्वना स्वरुप ३५ हजार रुपैया प्रति परिवार सहयोग गरेको हो । नगरपालिकामा रहेको तथ्यांक अनुसार नगरपालिका भित्र बसोबास गर्ने १८ जना ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

नगरपालिकाले सोमबारबाट अभियान थालेको नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार पहिलो दिन ५ जना मृतकका परिवारलाइ आर्थिक सहयोग रकम हस्तान्तरण गरीएको छ । सहयोग रकम पाउनेमा प्युठान नगरपालिका ४ जागुरी बस्ने मृतक लाल बहादुर नेपालिको श्रीमती बिस्नी कुमारी नेपाली, प्यूठान न.पा. ४ बिजुवार निबासी स्वर्गीय श्रीमान बाबुराम सुनारको श्रीमति पार्वता सुनार, प्यूठान न.पा. ७ पुण्यखोला निबासी स्वर्गीय श्री बिश्वराज थापाको परिवार, सोही ठाउँकै स्वर्गिय श्री उजेली कुमारी नेपालीको परिवार र प्यूठान न.पा. ४ बिजुवारका स्वर्गीय जीव बहादुर खत्रीको परिवारले राहत रकम पाएका छन ।

आप्नो परिवारको सम्झनामा नगरपालिकाले दिएको राहत रकमले पुन घाउ बल्झाएको जनाउँदै पिडित परिवारले आर्थिक संकटको समयमा राहत सहयोग पाएकोमा नगरपालिकालाइ धन्यवाद दिएका छन । राहत रकम बितरण कार्यक्रममा नगरप्रमुख अर्जुनकुमार कक्षपति,  नगर उपप्रमुख शान्ता आचार्य, स्वास्थ शाखा प्रमुख गोबिन्द घिमिरे सहितको टोलि मृतकको घरमै पुगेका थिए ।

प्युठान जिल्लामा पहिलो पटक प्युठान नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख अर्जुन कुमार कक्षपतिको भनाइ छ । उनका अनुसार बाँकी अन्यलाइ पनि मृतक परिवारको घरमै पुगेर सहयोग रकम बितरण गरिनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...