News Portal

रेडियो सुन्नुहोस्

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाइ प्यूठान नगरपालिकाले दियो ३५ हजार

बोम बहादुर परियार२०७८ असौज १८, प्यूठान
७६८ पटक
२०७८ असौज १८, प्यूठान

प्युठान नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । मृतकका परिवारलाइ सान्त्वना स्वरुप ३५ हजार रुपैया प्रति परिवार सहयोग गरेको हो । नगरपालिकामा रहेको तथ्यांक अनुसार नगरपालिका भित्र बसोबास गर्ने १८ जना ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

नगरपालिकाले सोमबारबाट अभियान थालेको नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार पहिलो दिन ५ जना मृतकका परिवारलाइ आर्थिक सहयोग रकम हस्तान्तरण गरीएको छ । सहयोग रकम पाउनेमा प्युठान नगरपालिका ४ जागुरी बस्ने मृतक लाल बहादुर नेपालिको श्रीमती बिस्नी कुमारी नेपाली, प्यूठान न.पा. ४ बिजुवार निबासी स्वर्गीय श्रीमान बाबुराम सुनारको श्रीमति पार्वता सुनार, प्यूठान न.पा. ७ पुण्यखोला निबासी स्वर्गीय श्री बिश्वराज थापाको परिवार, सोही ठाउँकै स्वर्गिय श्री उजेली कुमारी नेपालीको परिवार र प्यूठान न.पा. ४ बिजुवारका स्वर्गीय जीव बहादुर खत्रीको परिवारले राहत रकम पाएका छन ।

आप्नो परिवारको सम्झनामा नगरपालिकाले दिएको राहत रकमले पुन घाउ बल्झाएको जनाउँदै पिडित परिवारले आर्थिक संकटको समयमा राहत सहयोग पाएकोमा नगरपालिकालाइ धन्यवाद दिएका छन । राहत रकम बितरण कार्यक्रममा नगरप्रमुख अर्जुनकुमार कक्षपति,  नगर उपप्रमुख शान्ता आचार्य, स्वास्थ शाखा प्रमुख गोबिन्द घिमिरे सहितको टोलि मृतकको घरमै पुगेका थिए ।

प्युठान जिल्लामा पहिलो पटक प्युठान नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख अर्जुन कुमार कक्षपतिको भनाइ छ । उनका अनुसार बाँकी अन्यलाइ पनि मृतक परिवारको घरमै पुगेर सहयोग रकम बितरण गरिनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...