News Portal

रेडियो सुन्नुहोस्

स्काउट छात्र/छात्राहरुलाई पोशाक वितरण

तेजेन्द्र बि.एम.२०७८ असोज २२
१५५३ पटक
२०७८ असोज २२

नेपाल स्काउट लुम्बिनी प्रदेशले स्काउट बालबालिकाहरुलाई पोशाक वितरण गरीएको छ । जनता मा.वि. बाग्दुलामा अध्यनरत स्काउट विद्यार्थीहरुलाई प्रदेश स्काउटको सहयोगमा पोशाक वितरण गरीएको हो । प्रदेश स्काउटले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये प्यूठान जिल्लाको जनता माध्यमिक विद्यालयलाई छनोट गरेको थियो ।

शुक्रबार बाग्दुलामा आयोजित कार्यक्रममा नेपाल स्काउट जनता स्काउट ट्रुपका बालबालिकाहरुलाई पोशाक उपलब्ध गराइएको हो । पोशाक पाउनेहरुमा १६÷१६ जना छात्र÷छात्रा स्काउटलाई एक÷एक सेट स्काउट पोशाक दिएको हो । प्यूठान नगरपालिकाका उप–प्रमुख एवं स्काउट संरक्षक शान्ता आचार्यको प्रमुख आतित्थ्यता, नेपाल स्काउट प्रदेश संयोजक दिनानाथ भट्टराईको विशेष आतित्थ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक तथा नेपाल स्काउट जनता स्काउट ट्रुपका संरक्षक ईन्द्रमणि पोखरेलको रहेको थियो । प्यूठान जिल्ला सहित हालसम्म लुम्बिनी प्रदेशका ७ वटा जिल्लामा स्काउट पोशाक वितरण कार्यक्रम गरीएको आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...