News Portal

रेडियो सुन्नुहोस्

स्काउट छात्र/छात्राहरुलाई पोशाक वितरण

तेजेन्द्र बि.एम.२०७८ असोज २२
१३४० पटक
२०७८ असोज २२

नेपाल स्काउट लुम्बिनी प्रदेशले स्काउट बालबालिकाहरुलाई पोशाक वितरण गरीएको छ । जनता मा.वि. बाग्दुलामा अध्यनरत स्काउट विद्यार्थीहरुलाई प्रदेश स्काउटको सहयोगमा पोशाक वितरण गरीएको हो । प्रदेश स्काउटले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये प्यूठान जिल्लाको जनता माध्यमिक विद्यालयलाई छनोट गरेको थियो ।

शुक्रबार बाग्दुलामा आयोजित कार्यक्रममा नेपाल स्काउट जनता स्काउट ट्रुपका बालबालिकाहरुलाई पोशाक उपलब्ध गराइएको हो । पोशाक पाउनेहरुमा १६÷१६ जना छात्र÷छात्रा स्काउटलाई एक÷एक सेट स्काउट पोशाक दिएको हो । प्यूठान नगरपालिकाका उप–प्रमुख एवं स्काउट संरक्षक शान्ता आचार्यको प्रमुख आतित्थ्यता, नेपाल स्काउट प्रदेश संयोजक दिनानाथ भट्टराईको विशेष आतित्थ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक तथा नेपाल स्काउट जनता स्काउट ट्रुपका संरक्षक ईन्द्रमणि पोखरेलको रहेको थियो । प्यूठान जिल्ला सहित हालसम्म लुम्बिनी प्रदेशका ७ वटा जिल्लामा स्काउट पोशाक वितरण कार्यक्रम गरीएको आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...