News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : समिक्षा हुँदैन समिक्षामा

झुलेनी नेटवर्क२०७८ असोज ३१
५०९ पटक
२०७८ असोज ३१

जिल्ला स्तरिय समिक्षा कार्यक्रम समिक्षाविनै सकिने गरेको छ । जिल्लाका राजनीतिक दलका प्रमुखहरु, स्थानीय तहका जनप्रतिनिधी र सरोकारवालाको वेवास्ताका कारण समिक्षा कार्यक्रम समिक्षाविनै टुँगिने गरेको हो । हरेक वर्ष जिल्ला समन्वय समिति प्यूठानले जिल्लास्तरिय समिक्षा कार्यक्रमको आयोजना गर्छ ।

जसमा जिल्लाका सवै स्थानीय तह र सरकारी कार्यालयहरुले आर्थिक वर्षभरको प्रगती विवरण प्रस्तुत गर्छन । तर, जिल्लाका राजनीतिक दल, जनप्रतिनिधी र नागरिक समाजका प्रतिनिधीहरु कार्यक्रमको अन्तिमसम्म नवस्दा समिक्षा कार्यक्रम समिक्षा बिनै टुंगिने गरेको हो । शनिवार जिल्ला समन्वय समिति प्यूठानले आ.व. २०७७÷०७८ को वार्षिक समिक्षा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले गरेका थिए । उद्घाटन सत्रमा एमाले वाहेक सवैजसो राजनीतिक दलका प्रमुख तथा प्रनिनिधी, केहि स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र पत्रकारको उपस्थिती रहेको थियो । उद्घाटन सकेर मन्त्रि निस्केसंगै उनिहरु सवै निस्किए ।

पहिलो दिन जिल्लाका स्थानीय तहहरुको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो भने आईतवार अन्य सरकारी कार्यालयले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । अन्तिम दिन सरोकारवाला कोहि उपस्थित नभएपछी सरकारी कार्यालय र गैह्रसरकारी कार्यालयको प्रतिवेदन प्रस्तुत सकिएसंगै कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्यले कार्यक्रमको समापन गरे । सधैजसो जिल्लाका सरोकारवालाले समिक्षा कार्यक्रमको वेवास्ता गर्ने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...