News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : समिक्षा हुँदैन समिक्षामा

झुलेनी नेटवर्क२०७८ असोज ३१
७९१ पटक
२०७८ असोज ३१

जिल्ला स्तरिय समिक्षा कार्यक्रम समिक्षाविनै सकिने गरेको छ । जिल्लाका राजनीतिक दलका प्रमुखहरु, स्थानीय तहका जनप्रतिनिधी र सरोकारवालाको वेवास्ताका कारण समिक्षा कार्यक्रम समिक्षाविनै टुँगिने गरेको हो । हरेक वर्ष जिल्ला समन्वय समिति प्यूठानले जिल्लास्तरिय समिक्षा कार्यक्रमको आयोजना गर्छ ।

जसमा जिल्लाका सवै स्थानीय तह र सरकारी कार्यालयहरुले आर्थिक वर्षभरको प्रगती विवरण प्रस्तुत गर्छन । तर, जिल्लाका राजनीतिक दल, जनप्रतिनिधी र नागरिक समाजका प्रतिनिधीहरु कार्यक्रमको अन्तिमसम्म नवस्दा समिक्षा कार्यक्रम समिक्षा बिनै टुंगिने गरेको हो । शनिवार जिल्ला समन्वय समिति प्यूठानले आ.व. २०७७÷०७८ को वार्षिक समिक्षा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले गरेका थिए । उद्घाटन सत्रमा एमाले वाहेक सवैजसो राजनीतिक दलका प्रमुख तथा प्रनिनिधी, केहि स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र पत्रकारको उपस्थिती रहेको थियो । उद्घाटन सकेर मन्त्रि निस्केसंगै उनिहरु सवै निस्किए ।

पहिलो दिन जिल्लाका स्थानीय तहहरुको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो भने आईतवार अन्य सरकारी कार्यालयले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । अन्तिम दिन सरोकारवाला कोहि उपस्थित नभएपछी सरकारी कार्यालय र गैह्रसरकारी कार्यालयको प्रतिवेदन प्रस्तुत सकिएसंगै कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्यले कार्यक्रमको समापन गरे । सधैजसो जिल्लाका सरोकारवालाले समिक्षा कार्यक्रमको वेवास्ता गर्ने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...