प्यूठानमा कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवााईएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार भिटामिन ‘ए’ २५ हजार बालबालिका र जुकाको औषधी २४ हजार बालबालिकालाई खुवाइएको छ । भिटामिन ‘ए’ ६ महिना देखि ५ वर्ष मुनी र जुकाको औषधी १ वर्ष देखि ५ वर्ष मुनीका बालबालिकालाई खुवाइँएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिए ।
उनका अनुसार जिल्लाभर ४ सय ४३ स्थानमा स्वयंसेविकाद्वारा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँएको हो ।
भिटामिन एर जुकाको औषधी खुवाइने कार्यक्रम सञ्चालन पश्चाातर सधै कार्तिक ३ र ४ गते खुवाईने भए पनि दशैँका कारण कार्तिक ७ र ८ गते खुवाइएको हो।
नेपाल भर नै कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँएको छ ।