News Portal

रेडियो सुन्नुहोस्

सराँय नाचका कार्यहरु नगर्न प्यूठान प्रशासनद्वारा सुचना जारी

झुलेनी नेटवर्क२०७८ कार्तिक १७
११६३ पटक
२०७८ कार्तिक १७

यसवर्ष प्यूठानमा सराँय नाचका कार्यक्रम नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधवार सुचना जारी गर्दै सराँय नाचका कार्यक्रमहरु नगर्न नगराउन अनुरोध गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसको आधारमा यस अघि जारी भएको निषेधाज्ञा सम्बन्धी आदेशका केहिँ विषयहरुलाई निरन्तरता दिदै यस्तो निर्णय भएको हो ।

जारी गरीएको सुचना अनुसार देउसी भैलो कार्यक्रम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बेलुकी ८ बजेसम्म मात्र गर्न सकिनेछ । प्रशासनले चाडपर्वको अवसरमा पटका, अतिसवाजीजन्य प्रज्वलनशिल विष्फोटक पदार्थहरुको निकासी, पैठारी, ओसारपसार, विक्रि वितरण तथा प्रयोग नर्गन समेत अपिल गरेको छ । सुचनाको वर्खिलाप हुने गरी कार्य गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने बताइएको छ ।

कोचिड संक्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धमा (मन्त्रीपरिषद) को निर्णय, कोभिड–१९ व्यवस्थापन निर्देशन समिति ९ऋऋःऋ० को स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि २०७८ बमोजिम बुधवार बसेको सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय अनुसार प्रशासनले सुचना जारी गरेको हो l

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...