News Portal

रेडियो सुन्नुहोस्

सराँय नाचका कार्यहरु नगर्न प्यूठान प्रशासनद्वारा सुचना जारी

झुलेनी नेटवर्क२०७८ कार्तिक १७
१०८२ पटक
२०७८ कार्तिक १७

यसवर्ष प्यूठानमा सराँय नाचका कार्यक्रम नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधवार सुचना जारी गर्दै सराँय नाचका कार्यक्रमहरु नगर्न नगराउन अनुरोध गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसको आधारमा यस अघि जारी भएको निषेधाज्ञा सम्बन्धी आदेशका केहिँ विषयहरुलाई निरन्तरता दिदै यस्तो निर्णय भएको हो ।

जारी गरीएको सुचना अनुसार देउसी भैलो कार्यक्रम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बेलुकी ८ बजेसम्म मात्र गर्न सकिनेछ । प्रशासनले चाडपर्वको अवसरमा पटका, अतिसवाजीजन्य प्रज्वलनशिल विष्फोटक पदार्थहरुको निकासी, पैठारी, ओसारपसार, विक्रि वितरण तथा प्रयोग नर्गन समेत अपिल गरेको छ । सुचनाको वर्खिलाप हुने गरी कार्य गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने बताइएको छ ।

कोचिड संक्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धमा (मन्त्रीपरिषद) को निर्णय, कोभिड–१९ व्यवस्थापन निर्देशन समिति ९ऋऋःऋ० को स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि २०७८ बमोजिम बुधवार बसेको सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय अनुसार प्रशासनले सुचना जारी गरेको हो l

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...