News Portal

रेडियो सुन्नुहोस्

बुधवारबाट कर सप्ताह सुरु, उत्कृष्ट करदाता सम्मानित हुँदै

झुलेनी नेटवर्क
१०५० पटक

बुधवारबाट कर सप्ताह सुरु हुने भएको छ। नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा पछील्लो ९ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको हो । यो वर्ष ‘स्वेच्छिक कर सहभागितामा अभिबृद्धि : सुशासन विकास र समृद्धी” नारा दिएर दशौ कर दिवस मनाउन लागिएको करदाता सेवा कार्यालय चकचकेका कर अधिकृत हुर्मत मिजारले जानकारी दिए ।

नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको उनले बताए । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरुप नै यो दिवस मनाउन लागिएको हो।

प्युठानमा रोल्पा र प्यूठान कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालयले साप्ताहिक रुपमा विविध कार्य गर्ने तयारी भइरहेको कर अधिकृत मिजारले झुलेनी पोष्टलाइ बताए ।

उनका अनुसार कार्यालयले दशौ कर दिवसको अवसरमा मूल्य अभिवृद्धि कर, आयकर लगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई बुधवार दिउँसो स्वर्गद्वारी नगरपालिका भिंगृमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने तयारी भइरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...