News Portal

रेडियो सुन्नुहोस्

बुधवारबाट कर सप्ताह सुरु, उत्कृष्ट करदाता सम्मानित हुँदै

झुलेनी नेटवर्क
४५२ पटक

बुधवारबाट कर सप्ताह सुरु हुने भएको छ। नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा पछील्लो ९ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको हो । यो वर्ष ‘स्वेच्छिक कर सहभागितामा अभिबृद्धि : सुशासन विकास र समृद्धी” नारा दिएर दशौ कर दिवस मनाउन लागिएको करदाता सेवा कार्यालय चकचकेका कर अधिकृत हुर्मत मिजारले जानकारी दिए ।

नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको उनले बताए । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरुप नै यो दिवस मनाउन लागिएको हो।

प्युठानमा रोल्पा र प्यूठान कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालयले साप्ताहिक रुपमा विविध कार्य गर्ने तयारी भइरहेको कर अधिकृत मिजारले झुलेनी पोष्टलाइ बताए ।

उनका अनुसार कार्यालयले दशौ कर दिवसको अवसरमा मूल्य अभिवृद्धि कर, आयकर लगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई बुधवार दिउँसो स्वर्गद्वारी नगरपालिका भिंगृमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...