News Portal

रेडियो सुन्नुहोस्

एक घर एक किताब : हाम्रो मगर भाषा

बिपिन झाक्री मगरले गरे ३ लाख सहयोग

तेजेन्द्र बि. एम‍‍‍‌‌‌.२०७८ मङ्सिर २
३३०३ पटक
२०७८ मङ्सिर २

मगर परिवार नेपालले हाम्रो मगर भाषा नामक किताब प्रकाशन गर्ने भएको छ । २०७८ कार्तिक २९ गतेदेखि यो अभियान सुरु भएको हो । ‘सबैले सिक्नुपर्छ मगर लिपि सहितको ज्ञान, सहयोग गरि सफल पारौं भाषा अभियान’ भन्ने मुल नाराका साथ यो अभियान सुरु भएको छ ।

अभियान सुरु भएको पहिलो दिनमै रोल्पा जिल्ला थबाङ्ग गाउँपालिका- २, थबाङ्ग निबासी हाल वैदेशिक रोजगारको सिलसिलामा साउदीमा कार्यरत बिपिन झाक्री मगरले नगद रु. ३ लाख सहयोग गरेका छन् ।

मगर परिवार नेपालले मगर लिपि सहितको ३ वटै मगर भाषा र नेपाली अंग्रेजी सहितको किताब छापिने र देशैभरका मगर बस्तीमा एक घरमा एक किताब निशुल्क पुर्याउने लक्ष्य राखेको छ ।

२९ गतेबाट कभर तथा किताबको नमुना फेसबुक ग्रुप तथा अन्य सामाजिक माध्यमहरुबाट सार्वजनिक गर्दै सम्पुर्ण मगरहरुलाइ याे महान अभियानमा सहभागी हुन अपिल समेत गरेको छ। लिपि सहितको मगर ढुट, खामपाङ, काईके, नेपाली र अंग्रेजी भाषामा किताब छाप्ने निर्णय संस्थाले गरेको छ ।

किताब छाप्नको लागि संरक्षकको रुपमा नेपाल मगर संघ केन्द्रीय समिति रहनेछ भने नेपाल मगर लेखक संघ केन्द्रीय समितिलाई किताब लेख्न जिम्मा दिईने भएको छ । प्रकाशक मगर परिवार नेपाल (MPN) रहने भएकोले यो अभियानमा सम्पुर्ण मगर समुदायले हातेमालो गर्न समेत आग्रह रहेको अध्यक्ष प्रनिश आले मगरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...