News Portal

रेडियो सुन्नुहोस्

एक घर एक किताब : हाम्रो मगर भाषा

बिपिन झाक्री मगरले गरे ३ लाख सहयोग

तेजेन्द्र बि. एम‍‍‍‌‌‌.२०७८ मङ्सिर २
३४०८ पटक
२०७८ मङ्सिर २

मगर परिवार नेपालले हाम्रो मगर भाषा नामक किताब प्रकाशन गर्ने भएको छ । २०७८ कार्तिक २९ गतेदेखि यो अभियान सुरु भएको हो । ‘सबैले सिक्नुपर्छ मगर लिपि सहितको ज्ञान, सहयोग गरि सफल पारौं भाषा अभियान’ भन्ने मुल नाराका साथ यो अभियान सुरु भएको छ ।

अभियान सुरु भएको पहिलो दिनमै रोल्पा जिल्ला थबाङ्ग गाउँपालिका- २, थबाङ्ग निबासी हाल वैदेशिक रोजगारको सिलसिलामा साउदीमा कार्यरत बिपिन झाक्री मगरले नगद रु. ३ लाख सहयोग गरेका छन् ।

मगर परिवार नेपालले मगर लिपि सहितको ३ वटै मगर भाषा र नेपाली अंग्रेजी सहितको किताब छापिने र देशैभरका मगर बस्तीमा एक घरमा एक किताब निशुल्क पुर्याउने लक्ष्य राखेको छ ।

२९ गतेबाट कभर तथा किताबको नमुना फेसबुक ग्रुप तथा अन्य सामाजिक माध्यमहरुबाट सार्वजनिक गर्दै सम्पुर्ण मगरहरुलाइ याे महान अभियानमा सहभागी हुन अपिल समेत गरेको छ। लिपि सहितको मगर ढुट, खामपाङ, काईके, नेपाली र अंग्रेजी भाषामा किताब छाप्ने निर्णय संस्थाले गरेको छ ।

किताब छाप्नको लागि संरक्षकको रुपमा नेपाल मगर संघ केन्द्रीय समिति रहनेछ भने नेपाल मगर लेखक संघ केन्द्रीय समितिलाई किताब लेख्न जिम्मा दिईने भएको छ । प्रकाशक मगर परिवार नेपाल (MPN) रहने भएकोले यो अभियानमा सम्पुर्ण मगर समुदायले हातेमालो गर्न समेत आग्रह रहेको अध्यक्ष प्रनिश आले मगरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...