News Portal

रेडियो सुन्नुहोस्

जसलाई घोंडाले रोजगारी दिएको छ

मधुसुदन पोख्रेल२०७८ मंसिर १४
८५१ पटक
२०७८ मंसिर १४

बिहानै उठ्छन् । घोडालाई दाना पानी गरि घोडा डोराउँदै काम गर्न हिड्छन बलबहादुर सुनार । स्वर्गद्वारी नगरपालिका ३ रुमालेका सुनारको दैनिकी यस्तै काम गर्दै बितेको चौध वर्ष भइसक्यो । स्वर्गद्धारीमा आउने पर्यटककालाई धरमपानीबाट स्वर्गद्वारी पु¥याए वाफत पाउने पैसाले उनको परिवार पालिएको छ । धानिएको छ ।

उनले दैनिक एक हजार देखि ५ हजार सम्म कमाएका बताउँछन् । सुरुमा १० हजार लगानी मार्फत घोँडा खरीद गरी उनले यो काम गर्न थालेको हुन् । ‘पर्यटकहरुका लागि घोडा सहज छ ।,’ उनले भने, ‘फोटा खिच्न र घोडा चड्न पर्यटक रुचाउछन् ।’ यो समय पर्यटक आउने सिजन भएकोले आम्दानी राम्रै हुने गरेको उनको भनाई छ ।

स्वर्गद्धारीमा आउने पर्यटकका लागि सुनारले जस्तै अन्य व्याक्तिहरु यो व्यवसाय गरिरहेका छन । सोहि ठाउँका जसलाई घोँडाले रोगजारी दिएको छ भिम सुनारले विगत ४ वर्षदेखि घोँडा मार्फत काम गरी घर व्यवहार चलाएका छन । पर्यटकहरुलाई जति आकर्षण गर्न सकियो उति आम्दानि बढ्ने सुनारले बताए । दैनिक यहि पेशा गर्दा काम गर्न सहज हुँदै गएको उनले बताए ।

‘मुसुक्क हास्दै भने, ‘पैसा झार्ने पनि कला चाँहिदो रहेछ । जसले बढि काला जान्यो उसैले बढि पैसा कमाउछ ।’ भिम बहादुर र बल बहादुर जस्तै सोहि ठाउँका ११ वर्षका भुवन सुनारले पनि प्रत्येक शनिवार घोँडा डो¥यादै स्वर्गद्वारी पुग्छन् । ‘अरु बार स्कुल जान्छु’ भुवनले भने, ‘अरुबेला बुवाले काम गर्नुहुन्छ शनिवार म आउँछु । ’

बुवालाई सहयोग पनि हुने काम गरे पछि विद्यालय जाँदा कपी किताव र नास्ताखाने पैसा पनि हुने भएकोले प्रत्येक शनिवार छुट्टीको दिन बुबालाई पाले दिने गरेको भुवनले बताए । आफुले कमाएको पैसा केहि बुवालार्य दिएर केहि खुत्रुकेमा पनि बचत गर्ने गरेको सुनारले सुनाए ।

पर्यटकहरु घोडामा चड्न पाउदा खुसी हुदै पैसा दिनुहुन्छ त कसैकसैले हप्काउदा डर पनि लाग्ने गरेको उनले सुनाउछन । स्वर्गद्धारीमा पर्यटकहरुको धेरै आउने समयमा कमाई पनि बढ्ने हुनेगरेको घोडा व्यवसायीहरु बताउँछन । स्वर्गद्धारीमा उनिहरु जस्तै आधादर्जन मानिसहरुको व्यवसाय यस्तै छ । घोडामा चढेर फोटो खिचेको पचास रुपैयाँ र घोडामा मन्दिर सम्म पु¥याए वाफत २ सय देखि शुल्क यहाँका घोडा व्यवसायिहरुले लिने गर्दछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...