News Portal

रेडियो सुन्नुहोस्

जसलाई घोंडाले रोजगारी दिएको छ

मधुसुदन पोख्रेल२०७८ मंसिर १४
१०५१ पटक
२०७८ मंसिर १४

बिहानै उठ्छन् । घोडालाई दाना पानी गरि घोडा डोराउँदै काम गर्न हिड्छन बलबहादुर सुनार । स्वर्गद्वारी नगरपालिका ३ रुमालेका सुनारको दैनिकी यस्तै काम गर्दै बितेको चौध वर्ष भइसक्यो । स्वर्गद्धारीमा आउने पर्यटककालाई धरमपानीबाट स्वर्गद्वारी पु¥याए वाफत पाउने पैसाले उनको परिवार पालिएको छ । धानिएको छ ।

उनले दैनिक एक हजार देखि ५ हजार सम्म कमाएका बताउँछन् । सुरुमा १० हजार लगानी मार्फत घोँडा खरीद गरी उनले यो काम गर्न थालेको हुन् । ‘पर्यटकहरुका लागि घोडा सहज छ ।,’ उनले भने, ‘फोटा खिच्न र घोडा चड्न पर्यटक रुचाउछन् ।’ यो समय पर्यटक आउने सिजन भएकोले आम्दानी राम्रै हुने गरेको उनको भनाई छ ।

स्वर्गद्धारीमा आउने पर्यटकका लागि सुनारले जस्तै अन्य व्याक्तिहरु यो व्यवसाय गरिरहेका छन । सोहि ठाउँका जसलाई घोँडाले रोगजारी दिएको छ भिम सुनारले विगत ४ वर्षदेखि घोँडा मार्फत काम गरी घर व्यवहार चलाएका छन । पर्यटकहरुलाई जति आकर्षण गर्न सकियो उति आम्दानि बढ्ने सुनारले बताए । दैनिक यहि पेशा गर्दा काम गर्न सहज हुँदै गएको उनले बताए ।

‘मुसुक्क हास्दै भने, ‘पैसा झार्ने पनि कला चाँहिदो रहेछ । जसले बढि काला जान्यो उसैले बढि पैसा कमाउछ ।’ भिम बहादुर र बल बहादुर जस्तै सोहि ठाउँका ११ वर्षका भुवन सुनारले पनि प्रत्येक शनिवार घोँडा डो¥यादै स्वर्गद्वारी पुग्छन् । ‘अरु बार स्कुल जान्छु’ भुवनले भने, ‘अरुबेला बुवाले काम गर्नुहुन्छ शनिवार म आउँछु । ’

बुवालाई सहयोग पनि हुने काम गरे पछि विद्यालय जाँदा कपी किताव र नास्ताखाने पैसा पनि हुने भएकोले प्रत्येक शनिवार छुट्टीको दिन बुबालाई पाले दिने गरेको भुवनले बताए । आफुले कमाएको पैसा केहि बुवालार्य दिएर केहि खुत्रुकेमा पनि बचत गर्ने गरेको सुनारले सुनाए ।

पर्यटकहरु घोडामा चड्न पाउदा खुसी हुदै पैसा दिनुहुन्छ त कसैकसैले हप्काउदा डर पनि लाग्ने गरेको उनले सुनाउछन । स्वर्गद्धारीमा पर्यटकहरुको धेरै आउने समयमा कमाई पनि बढ्ने हुनेगरेको घोडा व्यवसायीहरु बताउँछन । स्वर्गद्धारीमा उनिहरु जस्तै आधादर्जन मानिसहरुको व्यवसाय यस्तै छ । घोडामा चढेर फोटो खिचेको पचास रुपैयाँ र घोडामा मन्दिर सम्म पु¥याए वाफत २ सय देखि शुल्क यहाँका घोडा व्यवसायिहरुले लिने गर्दछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...