News Portal

रेडियो सुन्नुहोस्

बढ्न थाले भारतमा ओमिक्रोनका संक्रमित

एजेन्सी२०७८ मंसिर २०
५८२ पटक
२०७८ मंसिर २०

इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएका छन्। उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए।

भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार एक जनामा ओमिक्रोनको संक्रमण देखिएको छ। योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ।

सुरूमा कर्नाटका राज्यमा ओमिक्रोनका संक्रमित भेटिएका थिए अहिले अरू राज्य पनि संक्रमण बढेको छ।

ओमिक्रोनबारे थाहा पाउनु पर्ने पाँच कुरा

ओमिक्रोन भेरियन्ट के हो?

पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।

ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ। अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन्।

नेपालमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छैनन्। छिमेकी भारत र अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा भने गत साता केही संक्रमित भेटिएका छन्।

किन यसको नाम ओमिक्रोन नै राखियो?

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राख्ने निर्णय गरेको छ। जसअनुसार बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टको नाम बेटा राखिएको थियो। भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा राखिएको थियो। अहिले भेटिएको भेरियन्टको नाम नु राखिनु पर्थ्यो। त्यसपछि अर्को अल्फाबेट सी थियो।

नु राख्दा धेरै मानिसले न्युजस्तो सुन्न सक्ने र सी धेरै मानिसको थर (जस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ) हुने भएकाले यी अल्फाबेटलाई छोडेर ओमिक्रोन राखिएको हो।

आफ्नो नीतिअनुसार कुनै जातीय समुदाय, सामाजिक, राष्ट्रिय, क्षेत्रीय र पेशागत समूहलाई असर पर्ने गरी भेरियन्टको नाम नराखिने डब्लुएचओले जनाएको छ।

हामी चिन्तित हुनुपर्छ?

ओमिक्रोन पत्ता लागेपछि यसले संसारभरि तरंग ल्याएको छ। जापान, इजरायल, मोरोक्कोलगायत मुलुकले विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् भने अमेरिका, बेलायत र इयूका मुलुकहरूले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट उडान बन्द गरेका छन्। नेपालले पनि हङकङसँगै दक्षिण अफ्रिकासहित आसपासका मुलुकबाट प्रवेश प्रतिबन्ध गरेको छ।

जनस्वास्थ्य अधिकारीहरूले भने अहिले नै ओमिक्रोन यसअघिको डेल्टा भेरियन्टभन्दा खतरनाक छ भन्ने प्रमाणित भइनसकेको बताएका छन्।

ओमिक्रोन कति संक्रामक छ र संक्रमण भएपछि यसले कति सिकिस्त पार्छ भन्ने पनि अहिले थाहा छैन। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले पछिल्लो समय ओमिक्रोनको संक्रमण धेरै फैलिएको र पहिला संक्रमित भइसकेकाहरूलाई फेरि यसको पनि संक्रमण देखिएको बताएका छन्।

बेटा र डेल्टा भेरियन्ट आउँदा यति धेरै संख्यामा पहिला संक्रमित भएकाहरूलाई फेरि संक्रमण नभएको उनीहरूको भनाइ छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूका अनुसार डेल्टाभन्दा ओमिक्रोन दुई गुणा बढी संक्रामक हुन सक्ने देखिएको छ।

एउटा अध्ययनले ओमिक्रोनको संक्रमणले धेरै सिकिस्त नपार्ने देखाएको छ। त्यो अध्ययन दक्षिण अफ्रिकाका युवाहरूमा मात्र गरिएकाले वृद्धवृद्धालाई यसको असर कस्तो पर्छ भन्ने यकिन छैन।

दक्षिण अफ्रिकाको मेडिकल एसोसियसनकी अध्यक्ष डाक्टर एन्जेलिक कोइट्जीले अस्पतालहरू भरिभराउ नभएको र अस्पताल आउने धेरै जना खोप नलगाएकाहरू रहेको बताएकी छन्। आफूले भेटेका धेरै संक्रमितले स्वाद र गन्ध नगुमाएको र उनीहरूमा अलिअलि खोकीमात्रै रहेको उनको भनाइ छ।

ओमिक्रोनबारे वैज्ञानिकहरू किन चिन्तित छन्?

दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले सुरूमा यो भेरियन्टको स्पाइक प्रोटिनमा ३० वटाभन्दा धेरै म्युटेसन देखिएको जानकारी दिएका थिए। पछि बोत्स्वानाले सार्वजनिक गरेको केही नमूनाहरूमा झन् यसअघि कहिले पनि नदेखिएका ५० विभिन्न म्युटेसन भेटिएका थिए।

कोरोनाभाइरस आफ्नो स्पाइक प्रोटिनको मद्दतले मानव शरिरको कोषिकाहरूमा छिर्छ। अहिलेका भ्याक्सिनले त्यही स्पाइक प्रोटिनलाई टार्गेट गरेका छन्।

स्पाइक प्रोटिन त्यति धेरै म्युटेसन हुँदा यसले भ्याक्सिन लगाएपछि शरिरमा बनेका एन्टिबडीलाई छल्ने हो कि भन्ने डर छ।

स्पाइक प्रोटिनमा भएका यी म्युटेसन रोग सर्नेमा पनि अझै धेरै मद्दत गर्छ कि अर्को डर पनि छ।

भ्याक्सिनले काम गर्छन्?

विज्ञहरूले अहिले उपलब्ध भ्याक्सिनहरूले नै ओमिक्रोन भेरियन्टविरूद्ध केही हदसम्म काम गर्ने अपेक्षा गरेका छन्। खोप लगाएको ६ महिनापछि एन्टिबडी कम हुँदै जाने कुरालाई ध्यानमा राखेर बुस्टर डोज लगाउनु पर्ने आवश्यकता उनीहरूले औंल्याएका छन्।

अमेरिकी सरकारका प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले मानिसहरूलाई बुस्टर डोज लगाउन र मास्क लगाउने, भीडमा नजानेजस्ता सुरक्षाका तरिका अपनाउन आग्रह गरेका छन्।

केही वैज्ञानिकहरूले भने बुस्टर डोज नलगाए पनि पहिला लगाएका भ्याक्सिनले बनाएका टी सेलले भने काम गरेर सिकिस्त बिरामी हुनबाट रोक्ने आशा व्यक्त गरेका छन्।

खोप निर्माता मोडेर्ना, फाइजर–बायोएनटेक, जोन्सन एन्ड जोन्सन र अष्ट्राजेनेकाले आफूहरूले ओमिक्रोनको अध्ययन गरेको र नयाँ भेरियन्टविरूद्ध आफूहरूले काम गर्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन्।

(न्युयोर्क टाइम्सका प्रकाशित सामग्रीमा आधारित)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...