News Portal

रेडियो सुन्नुहोस्

जसको ४२ वर्ष तामाको भाँडा बनाएरै बित्यो

तामाका भाँडा बनाउने पेशा लोप हुँदै

तेजेन्द्र बि.एम.२०७८ मंसिर २८
२८७७ पटक
२०७८ मंसिर २८

बिहानै झिसमिसेदेखि राती अवेरसम्म यहाँका लिला बहादुर टोमटा तामाका भाँडा कुदिरहेका हुन्छन् । पुराना तामा गलाएर नयाँ भाँडा बनाउँदै आएका उनले ४२ वर्षदेखि यहि पेशा गरीरहेका छन् । ५६ वर्षिय टोमटाको जिविकोपार्जन यहि पेशाबाट चलीरहेको छ ।

तुलसिपुर उप–महानगरपालिका–८, डुढेना निवासी उनले प्यूठान नगरपालिका २, क्वाडीमा न्यु दङ्गाली भाडा पसल खोलका छन् । सानै उमेर देखि आफ्नो बुवासंग काम सिकेका उनले १४ वर्षको उमेर देखि नै तामाका भाँडा बनाउन थालेका हुन् । २०३६ साल देखि ३ वर्षसम्म दाङको कोइलाबासमा उद्योग चलाएका उनीसँग त्यसपछि सुर्खेत, सल्यान, दैलेख, रोल्पा लगायतका जिल्लामा पनि तामाका भाँडा बनाउने उद्योग चलाएका थिए ।

ब्यवसाय बिस्तार खोज्दै हिँड्ने क्रममा उनी २०४९ सालमा प्यूठान आएका हुन् । जिल्लाको भिंगृमा उद्योग चलाएका उनी अहिले क्वाडीमा उद्योग सञ्चालन गरीरहेका छन् । उद्योगबाट पाला, माना, पाथी, लोटा, आम्खोरा, फिल्टर, कोशि (आरी), गाग्रि, ताउलो, रोचे (हुन्दा), बाजा, ट्याम्की, भोँकर, नरसियाँ लगायतका सामान बनाउँछन् ।

उनिसँगै श्रीमती साबित्राले पनि यो उद्योगको काममा सघाउँदै आएकी छिन् । अहिले बिरलै मात्रामा देखिने तामाका भाँडा बनाउने पेशामा नयाँ युवा पुस्तामा पुस्तान्तरण नहुँदा भने यिनीहरु चिन्तित छन् । आफूहरुले यहि पेशा गरेर जिविको चलाउँदै आएपनि परम्परागत पेशा लोप हुँदै गएको बताए । आफ्नै ३ भाई छोराहरुले पनि तामाका भाँडा बनाउन सिकेपनि अहिले यो पेशा गर्दैनन् ।

द्वन्दकालमा तामाका भाँडा मर्मत गर्न चाहिने स्वाग, रसान र भाँडाहरु खरिद गर्न नपाउँदा उनले पसल बन्द गरेर कामका लागि बिदेशिनु परेको दुखेसो सुनाए । ‘पसल बन्द गर्न बाध्य भए,’ उनले भने, ‘नेपालमा बसेर काम गर्ने वातावरण नभएपछि २०५८ सालदेखि ८ वर्षसम्म साउदीमा बसेको हुँ ।’

विदेशबाट फर्केर आएपछि हातमा सिप भएकाले पुरानै पेशाको सुरुवात गरेको उनले झुलेनी पोष्टसँगको कुराकानीमा बताए । ‘ठाउँ छनौट गर्दै गर्दा २०६७ भदौमा क्वाडी आएको हुँ’, उनले, ‘अहिले यहाँ आएको पनि १२ वर्ष पुगेछ ।’ आफ्नो उद्योगमा ९ वर्षदेखि सहयोगिको रुपमा भाइ हुकुम बहादुरलाई काम गर्न राखेका छन् । यिनले उद्योगमा काम गरेवापत दैनिक १ सय देखि १ सय २० रुपैयाँ सम्म ज्याला पाउँदै आएको बताए । हुकमले दिनमा ८ देखि १० किलोग्राम सम्म भाँडा बनाउँदै आएका छन् ।

उद्योगबाट लिला बहादुरले मासिक सबै खर्च घटाएर २० देखि ३० हजार बचाउँदै आएको बताए । विवाहको सिजनमा काम बढी आउँदा आम्दानी बढेपनि सरदर हाल भइरहेको कामबाट उनी र उनको परिवार सन्तुष्ट छन् ।
‘काँचो तामा किन्न महँगो पर्छ’, उनले भने, ‘गाउँमा पुराना तामाका भाँडा नपाइँदा समयमै अर्डर पु¥याउन समस्या हुने गरेको छ ।’ पहिले र अहिले मेहनेत एउटै लाग्ने भएपनि तामाको महँगाइले गाउँघरमा तामाका भाँडा प्रयोगमा कमि आएको छ । ‘मैले काम सिक्दा प्रति किलो १ सय २० पथ्र्यो’, उनले भने, ‘अहिले किलोको १ हजार ६ सय पुगेको छ ।’

सरकार तथा स्थानीय तहले तामाका भाँडा बनाउने पेशालाई संरक्षण र अनुदानका कार्यक्रम नल्याउँदा यो पेशा लोप हुने अवस्थामा पुगेको छ । तामाका भाँडा प्रयोग हुँदा स्वास्थ्यलाई फाइदा हुने गरेपनि सस्तोका हिसावले गाउँघरमा यसको प्रयोग हुन छोडेको छ ।

यहि उद्योगको कमाइबाट जेठो छोरोले काठमाडौंमा लोक सेवाको तयारी गरिरहेको छ भने कान्छो छोरो पढाइका लागि विद्यार्थी भिसामा जापान गएका छन् । माहिलो छोराले गाउँमै सुनचाँदी पसलमा काम गर्दै आएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...