News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानको नेतृत्वमा सरगर्मी बढ्दै : कार्यक्षेत्रमा फर्कदै नेताहरु

झुलेनी पोष्ट२०७८ पुस १
१३०५ पटक
२०७८ पुस १

नेकपा (एमाले) को १० औं महाधिवेशनपछि भक्तपुरमा बसेको देस्रो केन्द्रीय कमीटीको बैठकबाट विभिन्न जम्मिेवारी पाएपछी नेताहरु आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । पुस २३ गते भीत्र जिल्ला अधीवेशन सकेर स्थानीय तहको नीर्वाचनमा पार्टीलाई आफ्नो भूगोलबाट जीताउने जम्मिेवारी लीएर नेताहरु गाउँ फर्कन थालेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमीटी बैठकबाटै जिल्ला र गाउँ केन्द्रीत हुन निर्देशन दिएका थिए । प्यूठान एमालेको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पाएका नेताहरु पनि शुक्रबार सम्म जिल्लामा आइसक्ने कार्यक्रम रहेको एमाले प्यूठानले जनाएको छ ।

मंसरि २५ र २६ गतेको बैठकले केन्द्रीय सदस्यमा निर्वाचि सूर्य थापालाई पोलीटब्यूरोमा मनोनिति गर्दै प्यूठानको ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै केन्द्रीय सदस्य हरीप्रसाद रिजाललाई सह इन्चार्ज तोकेको छ । चितवनमा सम्पन्न दसौं राष्ट्रीय महाधिवेशनमा रिजाल लुम्बिनी प्रदेशको भुगोलबाट केन्द्रीय सदस्यमा सर्वम्वत निर्वाति भएका थिए ।

एमाले प्यूठानको इतिहासमा पहिलो पटक जिल्लाबासी पार्टीको इन्चार्ज र सह इन्चार्ज भएकोमा एमाले प्यूठानका कार्यकर्ता उत्साहित बनेका छन् । पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले शुक्रबारसम्म आफू प्यूठान आउने कार्यक्रम रहेको बताए । जिल्ला देखी वडा र टोल तहसम्म पार्टी सदस्यता बिस्तार गरेर एमालेमा आम जनतालाई संगठति गर्ने मुख्य कार्यक्रम रहेको थापाले बताए ।

जिल्ला नेतृत्वको सरगर्मी बढ्दै

एमाले केन्द्रिय कमिटिको बैठकले यहि पुस २३ गते देशैभर जिल्ला अधिवेशन तोकेसंगै एमाले प्यूठानमा पनि नेतृत्वको लागि सरगर्मी बढ्न थालेको छ । एमाले स्रोतका अनुसार एमाले प्यूठानमा पार्टी अध्यक्ष तुल्सीराम शर्मा सर्वसहमत भए पुनः दोहोरीले मुडमा छन् ।

यस्तै वर्तमान उपाध्यक्ष हुकुमबहादुर खड्का, एमाले नेताहरु झगबहादुर विश्वकर्मा, लक्ष्मीप्रकाश राजभण्डारी, नेहरसिंह केसी, बिजय बिराज बिष्ट, अजय सिंह लगायत नेताहरु नेतृको लागि आकांक्षी रहेका छन् । उनीहरुले एमाले पालिका अध्यक्षहरुलाई आफ्नो पक्षमा बोल्नका लागि लविङ्ग गर्न थालिसकेको पाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...