News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानको नेतृत्वमा सरगर्मी बढ्दै : कार्यक्षेत्रमा फर्कदै नेताहरु

झुलेनी पोष्ट२०७८ पुस १
१०५२ पटक
२०७८ पुस १

नेकपा (एमाले) को १० औं महाधिवेशनपछि भक्तपुरमा बसेको देस्रो केन्द्रीय कमीटीको बैठकबाट विभिन्न जम्मिेवारी पाएपछी नेताहरु आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । पुस २३ गते भीत्र जिल्ला अधीवेशन सकेर स्थानीय तहको नीर्वाचनमा पार्टीलाई आफ्नो भूगोलबाट जीताउने जम्मिेवारी लीएर नेताहरु गाउँ फर्कन थालेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमीटी बैठकबाटै जिल्ला र गाउँ केन्द्रीत हुन निर्देशन दिएका थिए । प्यूठान एमालेको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पाएका नेताहरु पनि शुक्रबार सम्म जिल्लामा आइसक्ने कार्यक्रम रहेको एमाले प्यूठानले जनाएको छ ।

मंसरि २५ र २६ गतेको बैठकले केन्द्रीय सदस्यमा निर्वाचि सूर्य थापालाई पोलीटब्यूरोमा मनोनिति गर्दै प्यूठानको ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै केन्द्रीय सदस्य हरीप्रसाद रिजाललाई सह इन्चार्ज तोकेको छ । चितवनमा सम्पन्न दसौं राष्ट्रीय महाधिवेशनमा रिजाल लुम्बिनी प्रदेशको भुगोलबाट केन्द्रीय सदस्यमा सर्वम्वत निर्वाति भएका थिए ।

एमाले प्यूठानको इतिहासमा पहिलो पटक जिल्लाबासी पार्टीको इन्चार्ज र सह इन्चार्ज भएकोमा एमाले प्यूठानका कार्यकर्ता उत्साहित बनेका छन् । पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले शुक्रबारसम्म आफू प्यूठान आउने कार्यक्रम रहेको बताए । जिल्ला देखी वडा र टोल तहसम्म पार्टी सदस्यता बिस्तार गरेर एमालेमा आम जनतालाई संगठति गर्ने मुख्य कार्यक्रम रहेको थापाले बताए ।

जिल्ला नेतृत्वको सरगर्मी बढ्दै

एमाले केन्द्रिय कमिटिको बैठकले यहि पुस २३ गते देशैभर जिल्ला अधिवेशन तोकेसंगै एमाले प्यूठानमा पनि नेतृत्वको लागि सरगर्मी बढ्न थालेको छ । एमाले स्रोतका अनुसार एमाले प्यूठानमा पार्टी अध्यक्ष तुल्सीराम शर्मा सर्वसहमत भए पुनः दोहोरीले मुडमा छन् ।

यस्तै वर्तमान उपाध्यक्ष हुकुमबहादुर खड्का, एमाले नेताहरु झगबहादुर विश्वकर्मा, लक्ष्मीप्रकाश राजभण्डारी, नेहरसिंह केसी, बिजय बिराज बिष्ट, अजय सिंह लगायत नेताहरु नेतृको लागि आकांक्षी रहेका छन् । उनीहरुले एमाले पालिका अध्यक्षहरुलाई आफ्नो पक्षमा बोल्नका लागि लविङ्ग गर्न थालिसकेको पाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...