News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकाका जनप्रतिनिधीनै यसरी प्रतिवादमा उत्रिएपछी .. (भिडियोसहित)

वोम वहादुर परियार२५ असार प्यूठान
२०८३ पटक
२५ असार प्यूठान

गाउँपालीकाकै सहयोगमा आयोजित सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि कार्यक्रममा जनप्रतिनिधी र स्थानिय राजनीतिक दलका नेताविच भनाभन भएको छ। झिमरुक गाँउपालीका प्यूठानमा गाँउपालीकाको सहयोगमा नेपाल पत्रकार महासंघले गरेको सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रमोद पोख्रेलले आफ्ना कुराहरु राखिरहदा गाउँपालिका अध्यक्ष तिलक वहादुर जि.सी. सहित वर्डाअध्यक्षहरु मञ्चवाटै प्रतिवादमा उत्रिएका हुन।

प्रमोद पोख्रेलले छिमेकी नगरपालीकामा भन्दा डोजर र स्काभेटरमा महंगो मुल्य तिरेको, विकास निर्माणका कार्यहरु कार्यकर्ता केन्द्रित गरेको, सुचना नदिएको लगायतका आरोप गाउँपालिकालाई लगाएका थिए। पोख्रेल वोल्दावोल्दै गाँउपालीका अध्यक्ष उठेर प्रतिवाद गरेका हुन। गाँउपालीका अध्यक्ष उठेसंगै विभिन्न वर्डाका वर्डाअध्यक्षहरु पनि उठेर पोख्रेल वोल्दावोल्दै उनको प्रतिवाद गरे।

प्रतिपक्षीले गाउँपालीकाले शुसासन प्रवद्र्धनको निम्ति गरेका प्रयत्नहरुलाई वङग्याएर प्रचार गरेको, प्रक्रिया नपुगेका कारण अगाडि वढाउन नसकिएका काममा प्रक्रिया पुरा गर्न जनतालाई सहयोग गर्नुको साटो उनिहरुको भावनामा खेलेको र स्वच्छ राजनीतिक र वैचारीक एजेण्डामा टेकेर राजनीति नगरेको गाँउपालीका अध्यक्ष जि.सि. ले आरोप लगाए।

अन्तरक्रिया कार्यक्रममा परिचय सहित आफ्ना कुराहरु राख्ने चरण सकिएसंगै पोख्रेलले माईक्रोफोन मागेर आफ्ना कुरा राख्न रोष्टममा पुगेका थिए। रोष्टममा पुगेका पोख्रेलले गाउँपालीकालाई आरोप लगाएपछी जनप्रतिनिधीहरुले आफ्नो पालो सकिएपछी पनि पुनः माईक मागेर वोलेको, सुचनाको हकको कार्यक्रममा आएर गाँउँपालीकाको अनावश्यक आलोचना गरेको भन्दै कडा प्रतिवाद गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी रहेका जि.सी. आफ्नो आसनवाट उठेर वक्तातर्फ औंला तेस्र्याउन थालेपछी गाँउपालीका उपाध्यक्ष, गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृतले उनलाई पटक पटक वसाउन प्रयत्न गरेको दृष्य भिडियोमा देख्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...