News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकाका जनप्रतिनिधीनै यसरी प्रतिवादमा उत्रिएपछी .. (भिडियोसहित)

वोम वहादुर परियार२५ असार प्यूठान
२५५३ पटक
२५ असार प्यूठान

गाउँपालीकाकै सहयोगमा आयोजित सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि कार्यक्रममा जनप्रतिनिधी र स्थानिय राजनीतिक दलका नेताविच भनाभन भएको छ। झिमरुक गाँउपालीका प्यूठानमा गाँउपालीकाको सहयोगमा नेपाल पत्रकार महासंघले गरेको सुचनाको हकको प्रवद्र्धन र प्रचलनसम्वन्धि अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रमोद पोख्रेलले आफ्ना कुराहरु राखिरहदा गाउँपालिका अध्यक्ष तिलक वहादुर जि.सी. सहित वर्डाअध्यक्षहरु मञ्चवाटै प्रतिवादमा उत्रिएका हुन।

प्रमोद पोख्रेलले छिमेकी नगरपालीकामा भन्दा डोजर र स्काभेटरमा महंगो मुल्य तिरेको, विकास निर्माणका कार्यहरु कार्यकर्ता केन्द्रित गरेको, सुचना नदिएको लगायतका आरोप गाउँपालिकालाई लगाएका थिए। पोख्रेल वोल्दावोल्दै गाँउपालीका अध्यक्ष उठेर प्रतिवाद गरेका हुन। गाँउपालीका अध्यक्ष उठेसंगै विभिन्न वर्डाका वर्डाअध्यक्षहरु पनि उठेर पोख्रेल वोल्दावोल्दै उनको प्रतिवाद गरे।

प्रतिपक्षीले गाउँपालीकाले शुसासन प्रवद्र्धनको निम्ति गरेका प्रयत्नहरुलाई वङग्याएर प्रचार गरेको, प्रक्रिया नपुगेका कारण अगाडि वढाउन नसकिएका काममा प्रक्रिया पुरा गर्न जनतालाई सहयोग गर्नुको साटो उनिहरुको भावनामा खेलेको र स्वच्छ राजनीतिक र वैचारीक एजेण्डामा टेकेर राजनीति नगरेको गाँउपालीका अध्यक्ष जि.सि. ले आरोप लगाए।

अन्तरक्रिया कार्यक्रममा परिचय सहित आफ्ना कुराहरु राख्ने चरण सकिएसंगै पोख्रेलले माईक्रोफोन मागेर आफ्ना कुरा राख्न रोष्टममा पुगेका थिए। रोष्टममा पुगेका पोख्रेलले गाउँपालीकालाई आरोप लगाएपछी जनप्रतिनिधीहरुले आफ्नो पालो सकिएपछी पनि पुनः माईक मागेर वोलेको, सुचनाको हकको कार्यक्रममा आएर गाँउँपालीकाको अनावश्यक आलोचना गरेको भन्दै कडा प्रतिवाद गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी रहेका जि.सी. आफ्नो आसनवाट उठेर वक्तातर्फ औंला तेस्र्याउन थालेपछी गाँउपालीका उपाध्यक्ष, गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृतले उनलाई पटक पटक वसाउन प्रयत्न गरेको दृष्य भिडियोमा देख्न सकिन्छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...