News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा बन्यो निर्माण व्यवसायीको आफ्नै भवन

तेजेन्द्र बि.एम.२०७८ पुस १८, प्यूठान
६५० पटक
२०७८ पुस १८, प्यूठान

निर्माण व्यवसायी संघ प्यूठानको बिजुवारमा निर्माण सम्पन्न भएको भवनको शनिबार उद्घाटन भएको छ । प्यूठान नगरपालिका ४ बिजुवार स्थित इलाका प्रहरी कार्यालय नजिकै भवनको नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रबी सिंहले उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि संघका केन्द्रिय अध्यक्ष विष्णुभाई श्रेष्ठले २०७४ साल फागुनमा शिलान्यास गरेका हुन् । २०५६ सालमा हिरा बहादुर थापाको अध्यक्षतामा स्थापना भएको निर्माण व्यवसायी संघ प्यूठान हालसम्म कोठा भाडामा लिएर कार्यालय सञ्चाल गर्दै आएको थियो ।

२०६३÷०६४ सालमा करिब ३ लाख ५० हजार रुपयाँमा संघले जग्गा खरिद गरेको थियो । करिव १ करोड लागतमा ९ कोठे भवन निर्माण भएको, भवन निर्माण समिति संयोजक बालाजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बैठक कक्ष १ सहित पदाधिकारी कार्यकक्ष छुट्टाछुट्टै बनाइएको छ ।

सचिवालय सञ्चालन गरेर बाँकी रहेका कोठाहरु भाडामा दिन सकिने निर्माण व्यवसायी संघले जनाएको छ । संघमा आवद्ध हुन निर्माण व्यवसायी समितिबाट लिने शुल्क, नविकरण शुल्क, व्यवसायीले दिएको चन्दाबाट भवन निर्माण सम्पन्न भएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपती नरायण नकर्मीले जानकारी दिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...