News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा बन्यो निर्माण व्यवसायीको आफ्नै भवन

तेजेन्द्र बि.एम.२०७८ पुस १८, प्यूठान
९०४ पटक
२०७८ पुस १८, प्यूठान

निर्माण व्यवसायी संघ प्यूठानको बिजुवारमा निर्माण सम्पन्न भएको भवनको शनिबार उद्घाटन भएको छ । प्यूठान नगरपालिका ४ बिजुवार स्थित इलाका प्रहरी कार्यालय नजिकै भवनको नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रबी सिंहले उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि संघका केन्द्रिय अध्यक्ष विष्णुभाई श्रेष्ठले २०७४ साल फागुनमा शिलान्यास गरेका हुन् । २०५६ सालमा हिरा बहादुर थापाको अध्यक्षतामा स्थापना भएको निर्माण व्यवसायी संघ प्यूठान हालसम्म कोठा भाडामा लिएर कार्यालय सञ्चाल गर्दै आएको थियो ।

२०६३÷०६४ सालमा करिब ३ लाख ५० हजार रुपयाँमा संघले जग्गा खरिद गरेको थियो । करिव १ करोड लागतमा ९ कोठे भवन निर्माण भएको, भवन निर्माण समिति संयोजक बालाजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बैठक कक्ष १ सहित पदाधिकारी कार्यकक्ष छुट्टाछुट्टै बनाइएको छ ।

सचिवालय सञ्चालन गरेर बाँकी रहेका कोठाहरु भाडामा दिन सकिने निर्माण व्यवसायी संघले जनाएको छ । संघमा आवद्ध हुन निर्माण व्यवसायी समितिबाट लिने शुल्क, नविकरण शुल्क, व्यवसायीले दिएको चन्दाबाट भवन निर्माण सम्पन्न भएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपती नरायण नकर्मीले जानकारी दिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...