News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठानको नवौं अधिवेशनको मतगणना सुरु : यस्तो छ मतगणना स्थल

झुलेनी पोष्ट२०७८ पुस २६
९५० पटक
२०७८ पुस २६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नेतृत्वको पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नेकपा एमाले पार्टी कार्यालय उमेश स्मृती प्रतिष्ठान विजुवार प्यूठानमा मतगणना सुरु भएको हो ।

आइतवार साँझ सम्पन्न भएको निर्वाचनको मतगणना सोमवार बिहानदेखि सुरु भएको निर्वाचन नवौं अधिवेशन निर्वाचन मण्डलले जनाएको छ । कुल ५ सय ३७ मतदाता मध्ये ५ सय १० मत खसेको छ । अध्यक्ष पदका लागि नेहरसिंह के.सी. र बिजयविराज प्रतिष्पर्धामा छन् ।

उपाध्यक्ष पदमा मुक्ति पोख्रेल र झगबहादुर विश्वकर्मा, सचिव नेगनसिंह कुवर र माधव शर्मा, उपसचिव पदमा दिपा घर्ति, श्रीधर रोका र बिनोद ओली प्रतिष्पर्धामा रहेका छन् ।

पदाधिकारी र दलित सदस्य बाहेक अन्य सदस्यमा सबै निर्विरोध निर्वाचित भइसकेका छन् । अधिवेशनको खुल्ला सत्र शुक्रवार सम्पन्न भएको हो भने बन्द शत्र शनिवार भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...