News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठानको नवौं अधिवेशनको मतगणना सुरु : यस्तो छ मतगणना स्थल

झुलेनी पोष्ट२०७८ पुस २६
७०८ पटक
२०७८ पुस २६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नेतृत्वको पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नेकपा एमाले पार्टी कार्यालय उमेश स्मृती प्रतिष्ठान विजुवार प्यूठानमा मतगणना सुरु भएको हो ।

आइतवार साँझ सम्पन्न भएको निर्वाचनको मतगणना सोमवार बिहानदेखि सुरु भएको निर्वाचन नवौं अधिवेशन निर्वाचन मण्डलले जनाएको छ । कुल ५ सय ३७ मतदाता मध्ये ५ सय १० मत खसेको छ । अध्यक्ष पदका लागि नेहरसिंह के.सी. र बिजयविराज प्रतिष्पर्धामा छन् ।

उपाध्यक्ष पदमा मुक्ति पोख्रेल र झगबहादुर विश्वकर्मा, सचिव नेगनसिंह कुवर र माधव शर्मा, उपसचिव पदमा दिपा घर्ति, श्रीधर रोका र बिनोद ओली प्रतिष्पर्धामा रहेका छन् ।

पदाधिकारी र दलित सदस्य बाहेक अन्य सदस्यमा सबै निर्विरोध निर्वाचित भइसकेका छन् । अधिवेशनको खुल्ला सत्र शुक्रवार सम्पन्न भएको हो भने बन्द शत्र शनिवार भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल: २०८१ कार्तिक २४ शनिवार

मेष घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता...

जन्म दिनमा श्रीमतिलाई वीमा उपहार

प्यूठानका एक श्रीमानले आफ्नो श्रीमतीको जन्म दिनमा वीमा उपहार दिएका छन् । स्वर्गद्धारी नगरपालिका–९ लामाचौरका...

सुर्खेतमा गाडी दुर्घटना: चार जनाको मृत्यु

दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु...

माइक्रोबस र बस ठोक्किदा ४ जनाको मृत्यु

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा ४ जनाको...

मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु

प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका-४ कैरनबाट प्यूठान नगरपालिका-१...