News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : हिउँद वर्षा सधै हिलाम्य

झुलेनी नेटवर्क२०७८ माघ ११, प्यूठान
९५२ पटक
२०७८ माघ ११, प्यूठान

यसपालि हिउँदमा धेरै वर्षात परेको कारण ग्रामिण क्षेत्रका प्राय सडक बिग्रेका छन् । अन्तका ठाउँमा वर्षाका कारण सडक बिग्रेपनि यहाँ हिउँद वर्षा सधै हिलाम्य हुन्छ। जिल्लाको महत्वपूर्ण र व्यस्त सडक मानिने बाग्दुला–मच्छी–ठुलावेसी सडक खण्ड जहिल्यै हिलाम्य हुन्छ । अर्खा रजवारा र मच्छीबाट गुल्मि समेत यहि सडक खण्डबाट सवारी आउजाउ गर्दछन् ।

यो सडकको अवस्था विकराल र कहालीलाग्दो हुने गरेको वर्षौ बित्यो । मजदुरले चामल ज्यालादारीमा खोलेको यो सडक खण्डा २ दशक बितिसक्दा पनि पक्कि बन्न सकेको छैन । ग्रामीण क्षेत्र भित्रिने जिल्लाकै पुरानो ट्रयाक खोलिएको सडकको रुपमा परिचीत भएपनि यो सडकले स्तरोन्नतीको लागि विकास पाउन सकेन । यो सडक विकासका लागि कहिल्यै सरकार पाएन ।

देशमा कैयौं ब्यवस्था परिवर्तन भए, सरकार परिवर्तन फेरिए तर यो सडकको मुहार फेरिएन । वर्षौदेखि यो सडकको दुर्दशा उस्तै छ । देशमा तीन तहको सरकार बनेर विकासका लागि होडबाजी चलेपनि यो सडकका लागि कसैले पनि होड चलाएनन् । यो सडकको नत हालत फेरियो, नत परिवर्तन र सुधार नै ? स्तरोन्नतीका लागि बजेट त पाएन नै सामान्य खाल्डाखुल्डी पुर्ने गरि मर्मत गर्ने रकम नै पाउन सकेन ।

बाग्दुलादेखि खरीबोट, तोरवाङ, अर्गेली हुँदै मच्छीसम्म दर्जनौ ठाउँमा पानीले भरिएका खाल्डाखुल्डी छन भने कच्ची सडक भएका कारण वर्षा र सितले गर्दा सधै हिलाम्य छ । यो सडकको दुर्दशा गाडीका टायरले देखेपनि गाडीभित्र सवार सरोकारवाला कसैले पनि देख्न सकेका छैनन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...