News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : हिउँद वर्षा सधै हिलाम्य

झुलेनी नेटवर्क२०७८ माघ ११, प्यूठान
८९९ पटक
२०७८ माघ ११, प्यूठान

यसपालि हिउँदमा धेरै वर्षात परेको कारण ग्रामिण क्षेत्रका प्राय सडक बिग्रेका छन् । अन्तका ठाउँमा वर्षाका कारण सडक बिग्रेपनि यहाँ हिउँद वर्षा सधै हिलाम्य हुन्छ। जिल्लाको महत्वपूर्ण र व्यस्त सडक मानिने बाग्दुला–मच्छी–ठुलावेसी सडक खण्ड जहिल्यै हिलाम्य हुन्छ । अर्खा रजवारा र मच्छीबाट गुल्मि समेत यहि सडक खण्डबाट सवारी आउजाउ गर्दछन् ।

यो सडकको अवस्था विकराल र कहालीलाग्दो हुने गरेको वर्षौ बित्यो । मजदुरले चामल ज्यालादारीमा खोलेको यो सडक खण्डा २ दशक बितिसक्दा पनि पक्कि बन्न सकेको छैन । ग्रामीण क्षेत्र भित्रिने जिल्लाकै पुरानो ट्रयाक खोलिएको सडकको रुपमा परिचीत भएपनि यो सडकले स्तरोन्नतीको लागि विकास पाउन सकेन । यो सडक विकासका लागि कहिल्यै सरकार पाएन ।

देशमा कैयौं ब्यवस्था परिवर्तन भए, सरकार परिवर्तन फेरिए तर यो सडकको मुहार फेरिएन । वर्षौदेखि यो सडकको दुर्दशा उस्तै छ । देशमा तीन तहको सरकार बनेर विकासका लागि होडबाजी चलेपनि यो सडकका लागि कसैले पनि होड चलाएनन् । यो सडकको नत हालत फेरियो, नत परिवर्तन र सुधार नै ? स्तरोन्नतीका लागि बजेट त पाएन नै सामान्य खाल्डाखुल्डी पुर्ने गरि मर्मत गर्ने रकम नै पाउन सकेन ।

बाग्दुलादेखि खरीबोट, तोरवाङ, अर्गेली हुँदै मच्छीसम्म दर्जनौ ठाउँमा पानीले भरिएका खाल्डाखुल्डी छन भने कच्ची सडक भएका कारण वर्षा र सितले गर्दा सधै हिलाम्य छ । यो सडकको दुर्दशा गाडीका टायरले देखेपनि गाडीभित्र सवार सरोकारवाला कसैले पनि देख्न सकेका छैनन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...