News Portal

रेडियो सुन्नुहोस्

फलोअप नारिकोटः थप एक महिना विद्यालय वन्द

दीपा घर्ती (पौडेल)३० असार, प्यूठान
१३६९ पटक
३० असार, प्यूठान

विद्यालयमा विद्यार्थीहरु एक्कासी काम्ने,चिच्याउने र बेहोस हुन थालेपछि एक हप्ता देखि बन्द हुँदै आएको प्यूठानको अमृत जीवन मा.वि नारीकोट थप एक महिनाका लागि बन्द हुने भएको छ।

मास हिस्टोरीयाका कारण विद्यालयमा समस्या भएपछि डाक्टरको सुझाव अनुसार बर्षे विदाबाट कटौती गर्ने गरी विद्यालय बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरीले जानकारी दिए। बिद्यार्थीमा देखिएको समस्या समाधान नभएपछि थप एक महिनाका लागि बन्द गरिएको उनले बताए।

जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय प्युठानको पहल तथा स्वास्थ्य सेवा बिभाग, मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय नेपालगञ्जको सहयोगमा नेपालगञ्ज मेडिकल कलेजबाट आएको बिशेषज्ञ डाक्टरहरुको टोलीले समेत बिद्यालय बन्द गर्न सुझाव दिए सँगै बिद्यालय बन्द गरिएको हो ।

नेपालगञ्ज मेडिकल कलेजबाट आएको नशा तथा मानसिक रोग बिशेषज्ञ डा. ऋत पौडेलको नेतृत्वको डाक्टरहरुको टोलीले बिहिबार घटनास्थल पुगी अनुगमन गरेको छ। हामीहरु बिरामीहरु कहाँ पुग्यौं डा.पौडेलले भने –“बिरामीको लक्षणहरुलाई हेर्दा मास हिस्टोरिया नै हो। यसको उपचार भनेकै काउन्सील गरेर गर्ने हो।”

आफुहरुले बिरामी परेका बिद्यार्थीलाई अभिभावक,शिक्षक अन्य बिद्यार्थीको सँगै राखेर काउन्सील गर्दा केहि सुधार भएको ,एक्ला एक्लै राखेर काउन्सील गर्दा बिरामी सामान्य अवस्थामा आएको र पछि भिडमा जाँदा उस्तै समस्या देखिएपछि उनीहरुलाई एक्लै राख्न सुझाव दिएको डा. पौडेलले बताए।

मास हिस्टोरियाको बिषयमा अभिभावकहरुमा गलत बुझाईले गर्दा पनि यो नियन्त्रण बाहिर गएको डाक्टरहरुको बुझाई छ। कतिपय अभिभावकले औषधी माग्दै हुनुहुन्थ्यो, नजिकैको मन्दिरको देवी लाएको पनि भन्दै हुनुहुन्थ्यो डाक्टर पौडेलले भने –“पहिले यो गलत सोच नै बदल्नुपर्छ।”

डाक्टरहरुको टोलीले काउन्सील गरेता पनि केहिले राम्रोसंग बुझेको तर धेरै अभिभावकहरुले बिश्वास नगरेकाले अझै काउन्सीलको आवश्यकता रहेको टोलीमा संलग्न डा. राजेश गिरीले बताए। उनले यो समस्या देखिएका बिरामीलाई धेरै वास्ता नगर्ने, धेरै माया ममता नदिने , एकान्तमा राख्ने , उनीहरुले आफुले गर्न सक्ने काम आफै गर्न दिने र सके सम्म समुहमा भन्दा यो समस्या भएको बिरामीलाई छुट्टै राख्नुपर्ने बताए। टोलीमा डा.पौडेल सहित डा. राजेश गिरी,डा.दिपेन्द्र थापा र जिल्ला जनस्वास्थ्य कार्यालयका पुष्कल श्रेष्ठ र कौशलराज वैद्य सहभागी थिए।

जिल्ला अस्पताल प्युठानको स्तरउन्नती गरि पचास शैय्याको अस्पताल बनेपछि एक जना मनोरोग बिशेषज्ञको दरबन्दी भएतापनि अहिले सम्म पदपुर्ति हुन नसकेको जनस्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिए।
बिद्यालयमा एकै दिन ४८ जना बिद्यार्थी बेहोस हुने गरि अनौठो घटना देखिएपछि बिद्यालय बन्द गरिएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...