News Portal

रेडियो सुन्नुहोस्

लगातारको वर्षातले किसान खुसी

तेजेन्द्र बि.एम.२०७८ माघ २५
१८०४ पटक
२०७८ माघ २५

मौसम परिवर्तन भएसंगै लगातारको हिउँदे वर्षातले किसानहरु उत्साहित भएका छन् ।

बिहिबारबाट देशैभरका धेरै ठाउँहरुमा लगातार ३ दिन सम्म पानी पर्दा बाली राम्रो उत्पादन हुने भएपछि किसानहरु खुसी भएका हुन् । किसानका बारीमा यतिबेला हिउँदे बाली लहलह पसाउने बेला भएको छ ।

गहुँ, जौं, तोरी जस्ता नगदेबाली र अन्य फलफूल तथा तरकारी बालीहरुमा पानी नपर्दा किसानहरु चिन्तित थिए । ग्रामीण क्षेत्रका धेरै ठाउँहरुमा सिंचाई सुविधा नहुँदा किसानहरु आकाशे पानीको भर पर्न बाध्य छन् ।

यस वर्ष भने समयमै पानी पर्दा सिंचाई आवस्यक नभएकोमा किसानहरु खुशी भएका हुन् । पुस १५ मा पनि समयमै पानी पर्दा किसानहरुले हिउँदे बाली राम्रो हुने अनुमान गरेका थिए । यतिबेला गाउँमा हिउँदे खेती गर्नका लागि बाँझो मार्ने बेला भएको छ ।

अन्य हिउँदे खेति गर्नका लागि बाँझो मार्न ग्रामिण क्षेत्रहरुमा ऋषि पञ्चमीको अवसर पारेर त्यस दिन गोरु नार्ने प्रचलन समेत रहदै आएको छ । त्यस दिन गोरु नारेर एकैछिन जोतेर दिन पार्ने चलन छ । किसानहरु अब बिस्तारै बाँझो मार्न थाल्छन् । मकै संगै अन्य हिउँदे बालीहरु छर्ने तयारीमा किसानहरु लागेका छन् ।

हिउँदे वर्षात संगै चिसो समेत बढेको छ । हिमाली र उच्च पहाडी भु–भागहरुमा हिमपात समेत परेको छ । प्यूठानकै धेरै ठाउँहरुमा लगातार २ दिनसम्म हिमपात परेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...