News Portal

रेडियो सुन्नुहोस्

नष्ट भएको वा हराएको मतदाता परिचय पत्र फागुन २० सम्म बनाउन मिल्ने

झुलेनी पोष्ट२०७८ फागुन ६
१०९१ पटक
२०७८ फागुन ६

मतदाता परिचय पत्र सम्बन्धी जिल्ला निर्वाचन कार्यालय प्यूठानले सुचना जारी गरेको छ । निर्वाचन आयोगले जारी गरेको परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयंले सुचना प्रकाशन भएको मिति देखि २०७८/११/२० गतेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिस सहित आफ्नो मतदमतम नामावली रहेको जिल्ला कार्यालयमा मतदाता परिचय पत्रका लागि निवेदन दिनको लागि सुचना प्रकाशन गरेको हो ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित भएको थियो । मन्त्रिपरिषद्को गत माघ २४ गते बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।

सरकारले निर्वाचनको मिति तय गरेसंगै मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ मा भएको प्रावधान समेतका आधारमा नामावली संकलन कार्य माघ २५ गतेबाट स्थगित गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...