News Portal

रेडियो सुन्नुहोस्

ऐरावती गाउँपालिका बरौला प्यूठानको दशौ गाउँसभा सम्पन्न 

सुजाता थापा क्षेत्री२०७८ फागुन २६, प्युठान
११४३ पटक
२०७८ फागुन २६, प्युठान

जिल्लाको ऐरावती गाउँपालिकाको दशौ गाउँसभा आज विहिबार ऐरावती गाउँपालिका बरौलामा सम्पन्न भएको छ ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा भएको गाउँ सभाबाट ४ वटा ऐन पारित भएका छन ।विद्यायक समितीका संयोजक भरत खड्काले गाउँसभामा उक्त ऐन पेस गर्नुभएको थियो । पारित भएका ऐनअन्तर्गत स्वास्थ्य तथा सरसफाई ,स्वास्थ्य, कृर्षि र वन ऐन रहेका छन । त्यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बस्नेतले आ व ०७८/०७९ काे आर्थिक ऐन संसोधन सहित गाउँसभामा पेस गर्नू भएको थियो । उक्त ऐन गाउँसभाले पारित गरेको छ।
दशाै गाउँ सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले अाफुहरु ५ बर्षकाे लागि चुनिए पनि एेरावतिमा बिकासकाे जग बसाल्न सफल भएकाे बताउनु भएकाे छ। साथै उहाँले एेरावतिकाे बिकास निर्माण र अन्य हरेक गतिविधिहरु सञ्चालन गर्दा अागामि दिनहरुमा पनि हातेमालाे गरेर कार्ययाेजना बनाउने बताउनु भयाे।मितव्ययी र शुशासन युक्त गाउँपालिका िनर्माण गर्नकाे लागि अध्यक्ष शाहले जनप्रतिनिधि र कर्मचारीहरुलाई अनुराेध समेत गर्नु भएकाे छ।
उहाँले गाउँपालिकामा कानुनी अड्चनका कारण राेकिएकाे झिमरुक बिजुली लिफ्ट अायाेजनाकाे काम सुचारु हुने समेत जानकारी दिनु भयाे।
गाउँपालिकामा हाल सम्म कुल बजेट मध्ये ३३.८ प्रतिशत बजेट मात्र खर्च भएकाे गाउँपालिकाले जानकारी दिएकाे छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...