News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका बालाजुको उपमहासचिवमा उम्मेद्वारी

निर्माण व्यवसायी महासंघको २३ औं वार्षिक साधारण सभा एवं महाधिवेशन

झुलेनी पोष्ट२०७८ फागुन २७
९०४ पटक
२०७८ फागुन २७

निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशन काठमाण्डौँमा जारी छ । व्यवसायी महासंघ नीजि क्षेत्रको नेतृत्वदायी पेशागत संस्था हो जसले नयाँ नेतृत्व चयन गर्दैछ ।
नेतृत्वमा आकांक्षीहरुको भीड लागेको छ । देशभर छरिएर रहेका व्यवसायीहरु आफूले चाहेको नेतृत्व रोज्नका लागि काठमाण्डौँ पुगेका छन् ।

धेरैजसो नेतृत्वमा आकांक्षीहरु राजधानी केन्द्रित भएपनि मोफसलबाट प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठ पदाधिकारीमा चुनाव लड्दै छन् । उनले उपमहासचिव (आन्तरिक) तर्फ आफ्नो उमेदवारी रहेको दिएका छन् । मोफलसलमा निर्माण व्यवसायीको क्षेत्रमा संघर्षबाट माथी उठेका मध्ये एक हुन्, उनी । उनी निर्माण व्यवसायीको क्षेत्रमा रुचि राख्ने नयाँ यूवा पुस्ताका लागि एक उदाहरणीय पात्र हुन् । उनको संघर्ष विगत १८ वर्ष अघिदेखि शुरु भएको हो । मोफसलमा सफल व्यवसायीको नाम लिँदा उनको नाम कतै हराउँदैन् । निर्माण व्यवसायी संघ प्यूठानको सदस्य, सचिवहुँदै महासचिव, सहित उनी महासंघको दुई कार्यकाल केन्द्रिय सदस्य भएर समेत काम गरे ।

निर्माण व्यवसायीको क्षेत्रमा स्वच्छ छबी बनाएका श्रेष्ठले मोफसलबाट महासंघको पदाधिकारीमा नेतृत्वदायी भूमिका हुनुपर्ने दाबी गर्छन् । उनी आँशु निर्माण सेवा प्यूठानका संचालक हुन् । सरकारी क्षेत्रका भवन, पुल, सडक निर्माणको क्षेत्रमा उनको क्रियाशिलता छ । सरकारसँग गरिएको सम्झौता अवधिभन्दा अघि नै निर्माणको काम पुरा गरेर उनले कैयाँै पुरस्कार र सम्मान पाएका छन् ।

‘विगत १८ वर्षदेखि म निरन्तर निर्माण व्यवसायीको रुपमा सक्रिय छुँ’,उनी भन्छन्,‘निर्माण व्यवसायीको क्षेत्रमा एउटा गाउँको कुनामा के समस्या छ, त्यो राम्रोसँग बुझेको छु । किनकी म गाउँबाटै यस क्षेत्रमा आएको हुँ । महासंघको नेतृत्वमा आएपछि गाउँमा संघर्ष गरेका व्यवसायीहरुको हितका लागि मैले आवाज उठाउने छु ।’

शुरुवाती क्षणदेखि नै आफूले संघर्ष गरेर सफल निर्माण व्यवसायीको पहिचान बनाउन सफल भएको स्मरण गर्दै ‘ग्रासरुट’ का व्यवसायीहरुको समस्यामा आफू समाधानको बाटो बन्ने सुनाए । उनले प्यूठान सहित रोल्पा र दाङमा निर्माणको काम गरेका छन् । हालसम्म उनले दर्जनौ पक्की पुल, भवन, सिंचाई कुलो, सडक र नदी नियन्त्रणको काम गरेका छन् । आर्थिक अनुशासन, प्रभावकारी व्यवस्थापन, इमान्दारीता, आर्थिक लगानी र दैनिक कार्ययोजना बनाएर काम गर्ने उनको सकरात्मक अभ्यास हो ।

प्यूठानको सरुमारानी गाउँपालिका स्थित बांगेशाल स्वास्थ्यचौकी सम्झौता भन्दा पाँच महिना अघि नै निर्माण सम्पन्न गरेको भन्दै भवन डिभिजन कार्यालय दाङले उनलाई ११ लाख ५० हजार नगद सहित सम्मान गरेको थियो । उनको व्यवसायिक फर्म ‘ख’ बर्गको इजाजत प्राप्त हो । श्रेष्ठले बुवाले गर्दै आएको पेशालाई निरन्तरता दिएका हुन् । बुवाकै प्रेरणाले उनी सफलताको चुलीमा पुगेको उनि बताउछन् ।

निर्माण व्यवसायीका नीजि कम्पनीहरु अब पब्लिक कम्पनी हुनुपर्छ भन्ने उनको जोड छ । हरेक निर्माण क्षेत्रमा जनताको पनि सहभागीता हुनुपर्छ, तब मात्र दिगो विकास हुन्छ भन्ने श्रेष्ठको भनाई हो । राष्ट्र निर्माणमा जनताको सहभागीता अनिवार्य हुनुपर्ने, निर्माण क्षेत्रमा अस्वच्छ प्रतिस्पर्धा निरुत्साहित हुनुपर्ने र यसलाई राज्यले नियन्त्रण गर्नुपर्ने उनको एजेण्डा हो । कम मूल्यमा टेण्डर गर्ने प्रचलनलाई निरुत्साहित गर्ने अठोट उनले लिएका छन् । उनीसँगको प्रतिस्र्धामा नरहरी थपलिया छन् । यसैगरी उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे, मंगल शाही र अशोक केसी प्रतिस्पर्धामा छन् ।

 

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...