News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका बालाजुको उपमहासचिवमा उम्मेद्वारी

निर्माण व्यवसायी महासंघको २३ औं वार्षिक साधारण सभा एवं महाधिवेशन

झुलेनी पोष्ट२०७८ फागुन २७
१४५६ पटक
२०७८ फागुन २७

निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशन काठमाण्डौँमा जारी छ । व्यवसायी महासंघ नीजि क्षेत्रको नेतृत्वदायी पेशागत संस्था हो जसले नयाँ नेतृत्व चयन गर्दैछ ।
नेतृत्वमा आकांक्षीहरुको भीड लागेको छ । देशभर छरिएर रहेका व्यवसायीहरु आफूले चाहेको नेतृत्व रोज्नका लागि काठमाण्डौँ पुगेका छन् ।

धेरैजसो नेतृत्वमा आकांक्षीहरु राजधानी केन्द्रित भएपनि मोफसलबाट प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठ पदाधिकारीमा चुनाव लड्दै छन् । उनले उपमहासचिव (आन्तरिक) तर्फ आफ्नो उमेदवारी रहेको दिएका छन् । मोफलसलमा निर्माण व्यवसायीको क्षेत्रमा संघर्षबाट माथी उठेका मध्ये एक हुन्, उनी । उनी निर्माण व्यवसायीको क्षेत्रमा रुचि राख्ने नयाँ यूवा पुस्ताका लागि एक उदाहरणीय पात्र हुन् । उनको संघर्ष विगत १८ वर्ष अघिदेखि शुरु भएको हो । मोफसलमा सफल व्यवसायीको नाम लिँदा उनको नाम कतै हराउँदैन् । निर्माण व्यवसायी संघ प्यूठानको सदस्य, सचिवहुँदै महासचिव, सहित उनी महासंघको दुई कार्यकाल केन्द्रिय सदस्य भएर समेत काम गरे ।

निर्माण व्यवसायीको क्षेत्रमा स्वच्छ छबी बनाएका श्रेष्ठले मोफसलबाट महासंघको पदाधिकारीमा नेतृत्वदायी भूमिका हुनुपर्ने दाबी गर्छन् । उनी आँशु निर्माण सेवा प्यूठानका संचालक हुन् । सरकारी क्षेत्रका भवन, पुल, सडक निर्माणको क्षेत्रमा उनको क्रियाशिलता छ । सरकारसँग गरिएको सम्झौता अवधिभन्दा अघि नै निर्माणको काम पुरा गरेर उनले कैयाँै पुरस्कार र सम्मान पाएका छन् ।

‘विगत १८ वर्षदेखि म निरन्तर निर्माण व्यवसायीको रुपमा सक्रिय छुँ’,उनी भन्छन्,‘निर्माण व्यवसायीको क्षेत्रमा एउटा गाउँको कुनामा के समस्या छ, त्यो राम्रोसँग बुझेको छु । किनकी म गाउँबाटै यस क्षेत्रमा आएको हुँ । महासंघको नेतृत्वमा आएपछि गाउँमा संघर्ष गरेका व्यवसायीहरुको हितका लागि मैले आवाज उठाउने छु ।’

शुरुवाती क्षणदेखि नै आफूले संघर्ष गरेर सफल निर्माण व्यवसायीको पहिचान बनाउन सफल भएको स्मरण गर्दै ‘ग्रासरुट’ का व्यवसायीहरुको समस्यामा आफू समाधानको बाटो बन्ने सुनाए । उनले प्यूठान सहित रोल्पा र दाङमा निर्माणको काम गरेका छन् । हालसम्म उनले दर्जनौ पक्की पुल, भवन, सिंचाई कुलो, सडक र नदी नियन्त्रणको काम गरेका छन् । आर्थिक अनुशासन, प्रभावकारी व्यवस्थापन, इमान्दारीता, आर्थिक लगानी र दैनिक कार्ययोजना बनाएर काम गर्ने उनको सकरात्मक अभ्यास हो ।

प्यूठानको सरुमारानी गाउँपालिका स्थित बांगेशाल स्वास्थ्यचौकी सम्झौता भन्दा पाँच महिना अघि नै निर्माण सम्पन्न गरेको भन्दै भवन डिभिजन कार्यालय दाङले उनलाई ११ लाख ५० हजार नगद सहित सम्मान गरेको थियो । उनको व्यवसायिक फर्म ‘ख’ बर्गको इजाजत प्राप्त हो । श्रेष्ठले बुवाले गर्दै आएको पेशालाई निरन्तरता दिएका हुन् । बुवाकै प्रेरणाले उनी सफलताको चुलीमा पुगेको उनि बताउछन् ।

निर्माण व्यवसायीका नीजि कम्पनीहरु अब पब्लिक कम्पनी हुनुपर्छ भन्ने उनको जोड छ । हरेक निर्माण क्षेत्रमा जनताको पनि सहभागीता हुनुपर्छ, तब मात्र दिगो विकास हुन्छ भन्ने श्रेष्ठको भनाई हो । राष्ट्र निर्माणमा जनताको सहभागीता अनिवार्य हुनुपर्ने, निर्माण क्षेत्रमा अस्वच्छ प्रतिस्पर्धा निरुत्साहित हुनुपर्ने र यसलाई राज्यले नियन्त्रण गर्नुपर्ने उनको एजेण्डा हो । कम मूल्यमा टेण्डर गर्ने प्रचलनलाई निरुत्साहित गर्ने अठोट उनले लिएका छन् । उनीसँगको प्रतिस्र्धामा नरहरी थपलिया छन् । यसैगरी उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे, मंगल शाही र अशोक केसी प्रतिस्पर्धामा छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...